टप फाइब मोबाइलको क्रिशमस अफरमा ३० प्रतिशतसम्म छुट

Technology Khabar ९ पुष २०७१, बुधबार

टप फाइब मोबाइलको क्रिशमस अफरमा ३० प्रतिशतसम्म छुट

काठमाडौं ।

काठमाडौं, ९ पुस । न्युरोडको ताम्राकार कम्प्लेक्समा रहेको टप फाइब मोबाइल्स प्रालिले क्रिशमस र अंग्रेजी नयाँबर्षको अबसरमा बिशेष छुट र हातखाली नजाने अफर ल्याएको छ । टप फाइव मोबाइल्सले यो अफरसंगै केहि मोडलहरुमा ३० प्रतिशतसम्म छुटको ब्यबस्था गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

सोनी कम्पनीको जेड अल्ट्रा, एक्सपेरिया इ, एलजीको इ ४०० र एल वान डि वान र जिप्रोलाइटमा ३० प्रतिशत सम्म छुटको ब्यबस्था मिलाइएको टप फाइव मोवाइल्सकी मार्केटिङ मेनेजर समा श्रेष्ठले जानकारी दिइन ।

क्रिशमसको अबसर पारी ल्याइएको यो योजना अंग्रेजी नयाँ बर्ष सम्म लागु हुने छ ।

सोनीको जेड ३, सामसुङ नोट ४, सामासुङ अल्फा, एलजीको जि थ्रि लगायत हुवावे, बिक्यु, कलर्स, कार्बन, जियोनी, लाभा, इन्टेक्स, अल्काटेलका बिभिन्न मोडलहरु अफरअन्तर्गत बिशेष छुटमा बिक्री गरिने टप फाइभ मोबाइल्सले जनाएको छ ।

क्रिशमस को अबसर पारेर टप फाइब मोबाइलले हात खाली नजाने उपहारको पनि ब्यबस्था गरेको छ । उपहार योजनाअन्तर्गत १ सय ५० रुपैयाँ देखि १० हजार ५ सय रुपैयाँ सम्मका उपहार राखेको पसलका प्रबन्ध निर्देशक संगम राइले जानकारी दिए । यो योजनासँगै टप फाइवले एक्सचेन्ज अफरको योजना पनि ल्याएको जानकारी दिएकोछ ।

easy care

प्रकाशित: ९ पुष २०७१, बुधबार