Technology Khabar ८ पुष २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, ८ पुस । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले वर्षकै सर्वाधिक प्रशंसित स्मार्टफोन हुवावे मेट सेभेन गोल्डको नेपालमा बिक्री वितरण शुरू गरेको छ। हुवावेको नेपालका लागि आधिकारीक बिक्रेता कल मोबिलिटीले हुवावेको मेट सेभेन गोल्ड (Mate 7 Gold) स्मार्टफोन नेपाली बजारमा भित्र्याएको हो ।
मेट सेभेन गोल्डमा इन्ह्यान्सड इन्टरटेन्मेन्ट भिउइङग (In-hands Entertainment Viewing) को लागि ६ इन्चको एफएचडि स्क्रिन, सुविधाको लागि ७.९ एमएमको स्लिम बडी, उत्कृष्ट प्रदर्शनको लागि शक्तिशाली अक्टाकोर चिपसेट र ४१०० एमएएच ब्याट्रि रहेको कम्पनीले जनाएको छ।
यसमा ३ जीबी र्याकम, ३२ जीबी आन्तरिक मेमोरी रहेको छ जसलाई माइक्रो एसडी कार्डद्धारा ३२ जीबी थप विस्तार गर्न सकिने अतिरिक्त मेमोरी र १३ मेगा पिक्सल रियर क्यामरा रहेको छ। औंलाको एक स्पर्शले नै फोनलाई सजिलै अनलक गर्न सक्ने नयाँ प्रविधिको प्रयोगले भएको मेट सेभेनले प्रयोगकर्तालाई उत्कृष्ट मोबाइल अनुभव दिने कम्पनीले दाबी गरेको छ।
यसअघि नै कल मोबिलिटीले हुवावेका अन्य १३ वटा मोबाइल सेटहरु नेपाली बजारमा बिक्रि गर्दै आएको थियो । हुवावे मोबाइलले नेपाली बजारमा राम्रो पकट बनाउँदै लगेको पनि कम्पनीले दावी गरेको छ । हुवावे मेट सेभेन गोल्ड स्मार्टफोन सार्वजनिक गर्न आयोजीत कार्यक्रममा कल मोबिलिटीको नयाँ लोगो समेत सार्वजनिक गरिएको थियो ।
यो स्मार्टफोनको बजार मूल्य ६९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएकोछ ।
प्रकाशित: ८ पुष २०७१, मंगलवार