Technology Khabar ८ पुष २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, ८ पुस । गोदावरी भिलेज रिसोर्टले नयाँ वर्ष सन २०१५ लाई स्वागत गर्ने उदेश्यले अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि क्रिसमस तथा न्यु इयर इभ विशेष रुपले मनाउने भएको छ । यस अवसरमा जोडीहरुका लागी विशेष प्याकेज कार्यक्रमको घोषणा गरेको छ ।
यहि २५ डिसेम्वर बिहिवार सन २०१४ साँझ ६ः०० बजे उप्रान्तको कार्यक्रम प्याकेजमा लेभिस गाला डिनर, विथ इन हाउस डि.जे र डान्स, नाईट एकोमोडेसन, वेलकम ड्रिङ्क, ब्रेकफाष्ट तथा क्रिशमस केक समावेश रहने छ । यस विषेश प्याकेजको मुल्य जोडीको लागि रु ६,००० मात्र तोकेको छ । यो मुल्य सर्भिस चार्ज र भ्याट बाहेकको हो ।
त्यसै गरी न्यु ईयर ईभ यहि ३१ डिसेम्बर सन २०१४, बुधबार साँझ ६ः०० बजे उप्रान्तका लागि समेत विशेष प्याकेजको घोषणा गरेको छ । जस अन्र्तगत नाईट एकोमोडेसन जोडीको लागि, वेलकम ड्रिङ्क, लाईभ म्यूजिकल ब्याण्ड, आश्चर्यजनक डोर प्राईज, जनवरी फस्टको ब्रेकफाष्ट समावेश रहने छ ।
नयां बर्षको शुरुवात लेभिस गाला डिनर, बी.बी.क्यू, साथमा सुन्दर मनोरम दृश्यसंगै मन्त्रमुग्ध बनाउन ख्याति प्राप्त अनिल शाही एण्ड व्याण्डद्धारा लाईभ म्युजिक प्रस्तुत हुने रिसोर्टले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यो विषेश प्याकेजको मुल्य जोडीको रु.११,९९९ मात्र तोकेको छ ।
प्रकाशित: ८ पुष २०७१, मंगलवार