पोखरा सडक महोत्सवको तयारी पुरा

Technology Khabar ८ पुष २०७१, मंगलवार

पोखरा सडक महोत्सवको तयारी पुरा

काठमाडौं ।

काठमाडौं, ८ पुस । पोखरा सडक महोत्सवको १६ औँ संस्करण यही पुस १३ गतेदेखि १७ गतेसम्म आयोजना हुने भएको छ। पोखराको मुख्य पर्यटकीयस्थल फेवाताल लेकसाइडलाई समेटेर वर्षेनी आयोजना हुँदै आएको स्ट्रिट फेस्टिभलको तयारी पुरा भएको आयोजक रेस्टुराँ एन्ड बार एसोसियसन (रेबान) पोखराले पत्रकार सम्मेलन गरी जनाएको छ।

पोखराको सहिद चोकदेखि खहरे-डिहिकोपाटनसम्मको करिब साढे तीन किलोमिटर क्षेत्रको सडकमा रेस्टुराँ राखी महोत्सव आयोजना हुने गरेकोछ।

पोखरा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँ वर्ष मनाउन नेपालीहरु विदेश जाने चलन रहेकोमा अहिले धेरै विदेशी नयाँ वर्ष मनाउन पोखरा आउन थालेको महोत्सवका संयोजक चौबहादुर गुरुङले बताए।

महोत्सवमा पोखराको सेरोफेरोमा रहेका विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन तथा विभिन्न खेलकुद प्रतियोगगिता गरिनेछ। खुला बुद्धिचाल, वृत्तचित्र, फोटो प्रदर्शनी, पत्रकारकाबीचमा खेलकुद, देश विदेशमा ख्याती प्राप्त सांस्कृतिक समूहको कन्सर्ट महोत्सवका आकर्षण रहेको आयोजकले जनाएकोछ ।

महोत्सवलाई लक्षित गरेर होटल तथा रेस्टुराँमा विशेष छुट उपलब्ध गराउने आयोजक रेबानले जनाएको छ।

easy care

प्रकाशित: ८ पुष २०७१, मंगलवार