Technology Khabar ८ पुष २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौँ, ७ पुष । नेपालको सबैभन्दा ठूलो सांगीतिक रियालिटी सो कोका–कोला नेपाली ताराका उत्कृष्ट १० प्रतिस्पर्धिहरुले बसन्तपुर, काठमाडौँको डबलीमा कन्सर्टमा गाउँदै पहिलो पटक हजारौँ दर्शकहरुका माझ लाइभ आएका छन् ।
कार्यक्रमको सुरुवातमा कोका–कोला नेपाली तारा ३ का सबै उत्कृष्ट १० प्रतिस्पर्धिहरुले प्रतियोगीताको सामाजिक संजाल पार्टनर मास्टरपीसलाई समर्पण गर्दैै देशभक्ति गीत “रातो र चन्द्र सूर्य” गाएका थिए । सो गीत पछि कोका–कोला नेपाली तारा ३ का प्रस्तोताहरु – नेपाली तारा १ का विजेता सन्तोष लामा र नेपाली तारा २ का उप–विजेता धर्मेन्द्र सेवानले स्टेज सम्हाल्दै अर्को देशभक्ति गीत “वीरताको चिनो” गाएका थिए । त्यसपछि कोका–कोला नेपाली तारा ३ का सबै उत्कृष्ट १० प्रतिस्पर्धिहरुले आ–आफना एकल गीतहरु प्रस्तुत गरेका थिए ।
तीन घण्टा भन्दा बढीसम्म चलेको सो कार्यक्रममा प्रतिस्पर्धिहरुले “चौबन्दीमा पटुकी” “मस्की मस्की” “तारेमाम…तारेमाम” “को हो त्यो” “तालको पानी” जस्ता गीतहरु प्रस्तुत गर्दै दर्शकहरुलाई मोहित पारेका थिए ।
“हामीले कोका–कोला नेपाली तारा ३ का सबै उत्कृष्ट १० प्रतिस्पर्धिहरुको प्रतिभा र आत्मविश्वासमा निकै सुधार भएको देखेका छौँ । अडिसनको बेला देखि नै हामीलाई उत्कृष्ट प्रतिस्पर्धिहरु चयन गर्न निकै गाह्रो भएको थियो । तर आजको उनीहरुको प्रस्तुतिको विश्लेषण गर्दा हामीले निकै राम्रो चयन गरेछौँ भन्ने लागेको छ,” प्रतिस्पर्धाका निर्णायक राम कृष्ण ढकालले भने ।
कोका–कोला नेपाली तारा ३ को विजेताले एउटा मोटरसाइकल लगाएत रु. २५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु.११००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन् ।
कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्ट्रेलिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् । अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनी मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन् ।
प्रकाशित: ८ पुष २०७१, मंगलवार