Technology Khabar ७ पुष २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, ७ पुस । सिरान टेक्नोलोजीले सिनेमा मन पराउने उपभोक्ताका लागि नयाँ एप ‘शोटाइम’ निर्माण गरेको छ । यो एपले नेपालका प्रमुख सिनेमा हलमा चलिरहेका र आउने सिनेमाका विषयमा अद्यावधिक जानकारी दिनेछ ।
यो एपमा नयाँ सिनेमाको शोटाइम, रिभ्यु, प्रिभ्यु, रेटिङ, टेलर हेर्न सकिनेछ । त्यसैगरी यो एप्सबाट अनलाईन र फोनमा टिकट बुकिङ गर्न सकिने सुविधा पनि रहेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
त्यसैगरी एपमा आफूलाई मन परेको तर भविष्यमा आउने सिनेमालाई वाच लिष्टमा राख्न सक्ने सुविधा, उत्कृष्ट सिनेमा जस्ता फिचर पनि राखिएको छ । त्यसैगरी एपलाई फेसबुक लगायतका सामाजिक सञ्जालमा जाड्न सकिने सुविधा पनि प्रदान गरिएको छ ।
नेपालमा सिनेमा हेर्न जाने प्रवृत्ति बढेको छ, सिनेमा हेर्न जानु अघि विभिन्न स्रोतबाट जानकारी लिनुको सट्टा एउटै एपमा सबै जानकारी उपलब्ध होस भन्ने उद्देश्यका साथ शोटाइम एपको विकास गरेका हौं,’ सिरान टेक्नोलोजीजका प्रमुख कार्यकारी अधिकृत सजत श्रेष्ठले भने, ‘हामी एप नजिकको सिनेमा हल, त्यसैबाट टिकट खरिद तथा रिभ्यु लेख्न मिल्ने गरी थप सुविधा राख्दैछौं ।’
शोटाइम एप अहिले एन्ड्रोइड प्रविधिमा छ र यो गुगल प्ले स्टोरमा उपलब्ध रहेको बताईएको छ ।
प्रकाशित: ७ पुष २०७१, सोमबार