सोनीको ६ जीबी र्याम भएको ट्याब ‘एक्सपेरिया जेड४’ आउँदै

Technology Khabar ६ पुष २०७१, आईतवार

सोनीको ६ जीबी र्याम भएको ट्याब ‘एक्सपेरिया जेड४’ आउँदै

काठमाडौं ।

काठमाडौं, ६ पुस । जापानी स्मार्टफोन निर्माता कम्पनी सोनीले निकै शक्तिशाली ट्यावलेट बजारमा ल्याउन लागेको छ । सोनीले एक्सपेरिया जेड४ (Xperia Z4) को बारेमा लीक भएको समाचार अनुसार सोनीको आउन लागेको ट्याबलेट अहिलेसम्मको सबैभन्दा पावरफुल डिभाइस हुने बताईएको छ । यस डिभाइसको बारेमा आएका समाचारअनुसार यो ट्याबलेटको फीचर्स निकै आश्चार्यजनक रहेका छन् ।

प्याड न्यूज इमेज फोरमले लीक गरेको एक्सपेरिया जेड४ को स्पेसिफिकेशनअनुसार यो ट्याब अहिलेसम्मको नै आकर्षक फीचर्सहरुसहितको हुनेछ ।

यो ट्याबमा अहिलेसम्मकै सबैभन्दा ठूलो र्याम अर्थात ६ जीबीको र्याम राखिएको छ । यसमा भएको र्याम अहिलेसम्म कुनैपनि स्मार्टफोन वा ट्याबलेटमा छैन् । अझ यति शक्तिशाली र्याम औसत ल्यापटपमा उपलब्ध छैन् । औसत प्रकारका ल्यापटपमा पनि ४ जीबीसम्मको र्याम मात्र हुने गरेको छ, तर यो ट्याबले अहिलेसम्मको सबै तथ्यांकलाई तोडेको छ ।

यो ट्याबमा १२००० एमएएच क्षमताको ब्याट्रि राखिएको छ  जुन साधारण ट्याबभन्दा तीन गुणा बढि रहेको छ । त्यसैगरी यो ट्याबमा २.८६ गीगाहर्ज क्वालकम ८१० प्रोसेसर राखिएको छ, जुन कुनैपनि ट्याबमा अहिलेसम्म प्रयोग गरिएको छैन् ।z4

सोनीको नयाँ ट्याबमा ६४ जीबी स्टोरेज क्षमता छ भने यसमा फोर के प्रविधिको भिडियो पनि हेर्न सकिनेछ । एक्सपेरिया जेड ४ ट्याबलेटमा १२.९७ इन्चको आईपीएस ट्राईलूमिनोस प्रविधिको डिस्प्ले राखिएको छ ।

सोनीले आफ्नो डिभायसका साथ नयाँ नयाँ प्रयोग गर्ने गरेको छ । यसभन्दा अघि सोनीले आफ्नो जेड सीरीजमा वाटरप्रुफ तथा डस्ट रेसिस्टेन्स फीचर लन्च गरेको थियो । यो ट्याब बजारमा आएमा बाँकी ग्याजेट कम्पनीहरुका लागि पनि चुनौती हुनेछ । एजेन्सी

easy care

प्रकाशित: ६ पुष २०७१, आईतवार