Technology Khabar ४ पुष २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ४ पुस । नेपाल विज्ञापन संघ (आन)को अध्यक्षमा सन्तोष श्रेष्ठ विजयी भएका छन्। बिहिवार काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा श्रेष्ठले प्रतिष्पर्धी रविन्द्र कुमार रिजाल शशीलाई पराजत गर्दै १३७ मत ल्याए । जम्मा खसेको २५८ मतमध्ये श्रेष्ठले १३७ र रिजालले ११८ मत हासिल गरेका थिए । संघमा कुल २६३ मतदाता थिए ।
चुनावमा उपाध्यक्षका दुई प्रत्यासी मोहम्मद अख्तर र उदय शाक्यले १२७ समान मत ल्याएका छन्। समान मत ल्याएका दुबैलाई उपाध्यक्षमा निर्वाचित भए ।
श्रेष्ठ समूहबाट महासचिव पदमा उठेका नारायण कुमार श्रेष्ठले १३७ मत ल्याएर विजयी भएभने उनका प्रत्यासी किरण गैरेले ११४ मत मात्र प्राप्त गरे । कोषाध्यक्षमा यादव श्रेष्ठले १३२ ल्याएर विजयी भएमने प्रतिद्ध्न्दी विजय पोखरेलले ११९ मत मात्र ल्याउनुभएको छ। अध्यक्षदेखि कोषाध्यक्षसम्मको पदमा श्रेष्ठ समूहका उम्मेदवार विजयी भए।
सचिवमा रिजाल समूहका धिरज लामिछाने १३४ मत ल्याएर निर्वाचित भए भने श्रेष्ठ समूहका जीपी तिमिल्सिनाले भने १२१ मत मात्र ल्याए । सह कोषाध्यक्षमा रिजाल समूहका यमुना पौडेल १३६ मत ल्याएर विजयी भइन् ।
कार्यसमितिका सदस्यहरुमा श्रेष्ठ समुहका पंकज प्रधान, मुना श्रेष्ठ, शालिकराम घिमिरे तथा रिजाल समुहका रोशन प्रसाई, रमेश पुरी र मिनु राजभण्डारी विजयी भए । आनको निर्वाचनमा श्रेष्ठ समूहले बहुमत ल्याउन सफल भएकोछ ।
निर्वाचित पदाधिकारीहरुलाई आजै काठमाडौंमा पद हस्तान्तरण गरीने कार्यक्रम रहेको छ ।
अर्कोतर्फ हिजै भएको १५ अौं वार्षिक साधारण सभामा वर्तमान कार्यसमितीले विधान संसोधनको लागी गरेको प्रस्ताव असफल भएपनि केहि दिन भित्र विशेष साधारण सभा बोलाएर वरिष्ठ उपाध्यक्ष लगायतका पदाधिकारी थप गर्ने गरी विधान संसोधन गरिने तयारी भएको स्रोतले जानकारी दिएकोछ ।
प्रकाशित: ४ पुष २०७१, शुक्रबार