लाभाले ३२ घण्टा टकटाइम भएको आइरिस फ्यूल ६० ल्यायो

Technology Khabar २ पुष २०७१, बुधबार

लाभाले ३२ घण्टा टकटाइम भएको आइरिस फ्यूल ६० ल्यायो

काठमाडौं ।

काठमाडौं, २ पुस । भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभा इन्टरनेशनलले अधिक टकटाइम दिने स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले फ्यूल सीरीजमा आधारित दोस्रो स्मार्टफोन आइरिस फ्यूल ६० (Iris Fuel 60) सार्वजनिक गरेको हो । यो स्मार्टफोनले ३२ घण्टासम्मको टक टाइम दिने बताईएको छ ।

यो स्मार्टफोनमा लाभाले ४००० एमएएच क्षमताको निकै शक्तिशालि ब्याट्री राखेको छ । विशेषगरि यो फोन निकै समयसम्म कुराकानी गर्नुपर्ने व्यक्ति वा नियमितरुपमा मोबाइल ब्याट्री चार्ज गर्न नसकिने स्थानका ग्राहकहरुको लागि उपयुक्त हुनेछ ।LAVA-iris-Fuel-60-Hands-On-8

यो स्मार्टफोनमा ५ इन्चको स्क्रीन राखिएको छ । त्यसैगरी यसमा १.३ गीगाहर्ज क्वाड कोर प्रोसेसर छ भने यो फोन एन्ड्रोयड किटक्याट अपरेटिङ सिष्टममा आधारित छ । यो फोनको रियर क्यामरा १० मेगापिक्सलको अटो फोकस हो भने यसमा २ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ ।Lava-Iris-Fuel-60-unboxing-and-first-impressions-15

यसले ड्यूअल सिम र थ्रीजी सपोर्ट गर्दछ । यो स्मार्टफोन कम्पनीले अहिले सार्वजनिक गरेपनि भारतीय बजारमा २५ डिसेम्बरदेखि मात्र उपलब्ध हुने बताईएको छ । भारतमा यो स्मार्टफोनको बजार मूल्य ८ हजार ८ सय ८८ रुपैंया तोकिएको छ । नेपालमा लाभाका फोनहरु सिजी इलेक्ट्राेनिक्सले आयात तथा बिक्री गर्दै आएकोछ । लाभाको यो फोन नेपालमा कहिले उपलब्ध हुन्छ भन्ने जानकारी भने छैन् । एजेन्सीको सहयोगमा

लाभा आइरिस फ्युल 60 का विशेषताहरु:
* स्क्रीन- 5 इंच हाई डेफिनिशन
* प्रोसेसर- 1.3 जीएचजेड क्वाड कोर प्रोसेसर
* ओएस- एंड्रोयड किटक्याट
* क्यामरा- 10 एमपी अटो फोकस रियर, एलईडी फ्ल्याशसहित
* फ्रंट क्यामरा- 2एमपी
* र्याम- 1जीबी, 8 जीबी इन्टरनल स्टोरेज, माइक्रो एसडी
* अडियो- 3.5 मिमी अडियो ज्याक, एफएम रेडियो
* अन्य फीचर- 3जी, वाई-फाई 802.11, ब्लूटूथ 4.0, जीपीएस
* रंग- कालो र सेतो
* ब्याट्री- 4,000 एमएएच क्षमता

easy care

प्रकाशित: २ पुष २०७१, बुधबार

ताजा समाचार