जियोनी इलाइफ एस ५.१ र एम थ्री म्याराथोन नेपाली बजारमा

Technology Khabar १ पुष २०७१, मंगलवार

जियोनी इलाइफ एस ५.१ र एम थ्री म्याराथोन नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं, १ पुस । विश्वको सबैभन्दा पातलो स्मार्टफोनको उपाधि पाउन सफल भएको जियोनी इलाइफ एस ५.१ नेपाली बजारमा भित्रीएको छ । नेपालका लागि जियोनीे मोबाइलको आधिकारीक  बितरक टेलिटक प्रालिले विश्वकै सबैभन्दा पातलो भनेर गिनिज वर्ल्ड रेकर्डसमा नाम लेखाएको जियोनीको इलाइफ एस ५.१ तथा एम थ्री म्याराथोन स्मार्टफोन नेपालमा बिक्री वितरण भएको घोषणा गरेको हो ।

कम्पनीले मंगलबार काठमाडौंमा एक कार्यक्रमका बिच जियोनीको इलाइफ एस ५.१ र एमथ्री म्याराथोन नेपाली बजारमा बिक्री शुरु गरेको हो ।IMG_3

कार्यक्रममा टेलिटकका सिइओ संजय अग्रवालले जियोनी नेपाल आएको ३ महिनाभित्र नै निकै राम्रो अनुभव हासिल गरेको बताए । हामीले ३ महिनाभित्रमा नै २० हजार जियोनी सेट उपभोक्ताको हातमा पुर्याउन सफल भएका छौं, उनले भने । जियोनीको उपस्थितीले नेपालमा ठूला मोबाइल फोन कम्पनी पनि डराएको उनले दाबी गरे ।

कम्पनीले नेपालमा इलाइफ एस ५.१ ५ हजार सेट तथा एमथ्री म्याराथोन त्यसभन्दा बढि बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीले इलाइफ एस ५.१ को बजार मूल्य २९ हजार ९ सय ९५ रुपैंया तथा म्याराथोको मूल्य १९ हजार ९ सय ८५ रुपैंयाँ तोकेको छ ।IMG_2

जियोनी इलाइफ एस ५.१

जियोनी इलाफ एस ५.१ मोबाइल एकदमै अनौठो ढंगले डिजाइन गरिएको कम्पनीको भनाई छ । अहिले बजारमा आएका विभिन्न मोबाइलहरुको मध्ये यो सबैभन्दा राम्रो सुपर मोडेल मात्र नभई उपभोक्ताहरुलाई अधिकतम सेवा दिने र सबै विशेषताहरुले भरिपूर्ण मोबाइल भएको कम्पनीले जनाएको छ ।

४.८ इन्चको एमोलेड डिस्प्ले मार्फत उपभोक्ताहरुले अत्यधिक चम्किलो रंगहरुको अनुभव गर्न सक्दछन् । १.८ एम.एम. साँघुरो बेजलले उपभोक्ताहरुलाई ठूलो डिस्प्लेमा हेर्ने अवसर प्रदान गर्दछ । यसमा ८ मेगापिक्सेलको रेयर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरामा भएका रमाइला मोडहरु चलाएर उपभोक्ताहरुले छुट्टै खालको अनुभव बटुल्न सक्नु नै यस मोबाइलको सबैभन्दा राम्रो पक्ष हो ।

यसमा ओक्टा कोर १.७ गिगाहर्ज प्रोसेसर, १ जि.बी. र्याम र १६ जि.बी. इन्ट्रनल स्टोरेज, गोरिल्ला थर्ड जेन ग्लास जस्ता विशेषताहरु रहेका छन् । यो फोन भव्य र सुन्दर हुनुका साथै उसको क्यामेराको विशेषताले थप गुणस्तर प्रदान गरेको छ । उपभोक्ताहरुले यसबाट आफूले फोटो खिचिसकेपछि मेकअप, फोकस र लाइट टेष्ट गरेर आफ्नो फोटोहरुलाई थप सुन्दरता दिन सक्दछन् ।

बिल्ट इन एप्सहरु जस्तै फेक कल, ओ.टि.जी. मोड, डि.टि.एस. मोड, फ्लिप अलार्म आदि स–साना कुराहरुले गर्दा यो मोबाइल आफ्नै वर्गहरुमा उत्कृष्ट बनाएको छ । साथै, यसमा वेट ह्याण्ड मोड पनि उपलब्ध छ ।

एम थ्री म्याराथोन

लामो समयसम्म टिक्ने धेरै शक्तिशाली ब्याट्री भएको यो मोबाइल फोन अन्तराष्ट्रिय बजारहरुमा सार्वजनिक भएपछि यसको कार्यक्षमता र वितरणलाई थुप्रै उपभोक्ताहरुले मन पराउनुका साथै तारिफ पनि गरेका छन् । एम थ्री को उत्पादन सँगसँगै जियोनी मोबाइल जगतमै एक कदम अगाडि बढ्न सफल भएको छ ।

सबै भन्दा शक्तिशाली ५००० एमएएच ब्याट्री भएको यो मोबाइल फोन ले ३३.७ घण्टासम्मको टकटाइम र ३२.८ दिनको स्ट्याण्डबाइ टाइम दिने अर्थात चार्ज नगरिकन प्रयोग गर्न सकिन्छ जसले तपाईको व्यस्त जीवनमा धेरै नै सजिलो हुनेछ । ओ.टि.जी. रिभर्स चार्ज, ओ.टि.जी. डाटा ट्रान्सफर, हटनट, ब्ल्याक स्क्रीन गेस्चरको नियन्त्रण जस्ता नयाँ विशेषताहरुले भरिपूर्ण एम थ्री अद्वितीय मोबाइल ह्याण्डसेट बनेको छ जसले थुप्रै उपभोक्ताहरुको आवश्यकताहरुलाई पूरा गर्नेछ ।

१.३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर, ५ इन्चको एच.डी. डिस्प्ले, डि.टी.एस. साउण्ड, पछाडि ८ मेगापिक्सेल र अगाडि २ मेगापिक्सेलको क्यामेरा साथै भि–जेस्चर र स्माइली जस्ता रोचक मोड पनि भएकोले गर्दा ह्याण्डसेटमा नसमातिकन पनि स्न्यापसट लिन सकिन्छ । एम थ्री निकै शक्तिशाली फोन हो जसले गर्दा उपभोक्ताहरुले यसलाई सरल र बलियो ढंगले प्रयोग गर्न सक्दछन् । धेरै लामो समय आफ्नो मोबाइल फोन मै बिताउने उपभोक्ताहरुका लागि यो फोन निकै लाभदायक छ ।

जियोनी इलाइफ एस ५.१ र एम थ्री मोबाइल फोन डिसेम्बर १७ देखि नेपालभर जियोनीका सबै डिलरहरुमा उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ ।

easy care

प्रकाशित: १ पुष २०७१, मंगलवार

ताजा समाचार