Technology Khabar १ पुष २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, १ पुस । सामसुंगले सोमबार ताइवानमा पत्रकार सम्मेलन गर्दै ग्यालेक्सी ए३ तथा ग्यालेक्सी ए५ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । सामसुंगले उक्त फोनहरु निश्चित क्षेत्रको बजारका लागि मात्र सार्वजनिक गरेको हो । यसमध्येको ए५ यसअघि नै चीन तथा रसियामा उपलब्ध भइसकेको बताईएको छ ।
हाल ताइवानमा उपलब्ध भएको ग्यालेक्सी ए३ स्मार्टफोनको बजार मूल्य ८ हजार ९ सय ९० ताइवानी डलर अर्थात करिब २८७ अमेरिकी डलर तथा ए५ को बजार मूल्य ११ हजार ९ सय ९० ताइवानी डलर अर्थात करिक ३८३ अमेरिकी डलर तोकिएको छ ।
दुवै स्मार्टफोनहरुमा समान प्रकृतकिा स्पेसीफीकेशन रहेका छन भने दुवै स्मार्टफोनहरु मेटल बडिमा उपलब्ध छन् ।
ग्यालेक्सी ए३ मा ४.५ इन्चको ५४० ह ९६० सूपर एमोलेड टचस्क्रीन छ जसमा ८ मेगापिक्सलको एलइडीसहितको रियर क्यामरा राखिएको छ । यो स्मार्टफोनमा ५ मेगापिक्सको फ्रन्ट क्यामरा रहेको छ । साथै ए३ मा १९०० एमएएच क्षमताको ब्याट्री रहेको छ ।
ए३ स्मार्टफोनमा क्वालकम स्न्यापड्रयागन ४१० चीपसेटका साथमा १.२ गीगाहर्ज क्वाड कोर कार्टेक्स ए५३ सीपीयू रहेको छ जसको र्याम १.५ जीबी छ । यो फोनमा १६ जीबीको स्टोरेज छ जसलाई माइक्रो एसडीको सहयोगमा बढाउन सकिन्छ भने यो स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४.४ भर्सनमा आधारित भएको छ ।
अर्कोतर्फ ग्यालेक्सी ए५ मा ५ इन्चको ७२० पीक्सेलसहितको सूपर एमोलेड स्क्रीन रहेको छ । यो स्मार्टफोनमा १३ मेगापिक्सलको रियर स्नाइपर क्यामरा छ भने २ जीबीको र्याम राखिएको छ । यो फोनमा २३०० एमएएच क्षमताको ब्याट्री रहेको छ ।
दुबै फोनहरुमा समान खालको स्पेशिफीकेशन रहेपनि ब्याट्रीले मात्रै ए५ लाई फरक देखाएको छ ।
नेपालमा यो स्मार्टफोन अाईएमएसले आयात तथा बिक्री गर्दै अाएकोछ । तर आईएमएसका एक अधिकारीले केहि समयअघि मोबाइल्स खबर डटकमसँग गरेको कुराकानीमा नेपालमा ए३ र ए५ आयात हुनेछैन् । स्रोतको सहयोगमा ।
प्रकाशित: १ पुष २०७१, मंगलवार