Technology Khabar १ पुष २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौँ, १ पुस । दुबईमा भएको विमेन इन लिडरसिप इकोनोमिक फोरममा कोका–कोलाको फाइभ बाई ट्वान्टि (5by20) कार्यक्रम महिलाहरुका लागि विश्वकै सर्वोत्कृष्ट आर्थिक सशक्तिकरण कार्यक्रम घोषणा गरिएको छ । कोका–कोला अफ्रिका फाउण्डेसनकी अध्यक्ष सुजन एम्बोया र कोका–कोला मिडल इस्टकी सार्वजनिक मामिला तथा सञ्चार प्रमुख एन्टोइन तैयरले कोका–कोलाको पक्षबाट सो पुरस्कार ग्रहण गरेका थिए ।
फाइभ बाई ट्वान्टि (5by20) कार्यक्रम कोका–कोला कम्पनीको प्रतिबद्धता हो जस मार्फत कम्पनीले २०२० सम्ममा आफनो कार्यक्रम अन्तर्गत ५० लाख महिलाहरुलाई आर्थिक सशक्तिकरणमा मद्दत गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा महिलाहरुलाई व्यापार कौशल, वित्तीय सेवाहरु तथा अन्य व्यापारिक अवसरहरुका बारेमा परामर्श तथा तालिमहरु दिइन्छ ।
कोका–कोलाले सबै देशका सरकारी निकाय तथा नागरिक समाजहरुसँग मिलेर छदथद्दण् कार्यक्रमलाई समाजमा अनुकुल हुने तरिकाले लागू गर्दे महिलाहरुलाई सशक्तिकरण गर्ने गरेको छ । कोका–कोलाले विश्वभरि यूएन वोमन, आइएफसी, टेक्नोसर्भ, विद एण्ड मेलिन्डा गेट्स फाउन्डेशन जस्ता संस्थाहरुसँग मिलेर काम गर्दै आएको छ ।
“२०१३ सम्ममा कोका–कोलाले ४४ देशहरुका ५५०,००० महिलाहरुलाई सो कार्यक्रम मार्फत सशक्तिकरण गरिसकेको छ र आउँदो दिनमा संसारका हरेक कुनामा पुग्ने हाम्रो प्रतिबद्धता छ,” एम्बोयाले भनिन् ।
नेपालमा रहेका परम्परागत खुद्रा व्यापारीहरुलाई नेपालको बदलिँदो आर्थिक अवस्थामा चाहिने कौशल, उपकरण तथा प्रविधिहरु प्रदान गर्नका लागि कोका–कोला नेपालले महिलाहरुका लागि २०१३ देखि निःशुल्क सपकिपर ट्रेनिङ एण्ड रिसोर्सेज कार्यक्रम सन्चालन गर्दै आएको छ । यस योजनाका अन्तर्गत महिलाहरुलाई व्यापार कौशल, वित्तीय सेवाहरु र अन्य व्यापारिक अवसर तथा सञ्जालहरु बारेमा परामर्श तथा तालिमहरु दिँदै विश्वव्यापी रुपमा सशक्तिकरण गर्ने गरिएको छ ।
कोका–कोलाले २०१३ देखि बुटवल, भैरहवा, काठमाडौँ, भरतपुर, हेटौँडा, पोखरा, नेपालगन्ज र कोहलपुरमा गरि २०४८ जना महिलाहरुलाई तालिम प्रदान गरिसकेको जनाएको छ ।
प्रकाशित: १ पुष २०७१, मंगलवार