Technology Khabar १ पुष २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, १ पुस । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकको सुविधाका लागी प्रधान कार्यालय पुतलीसडकबाट मिति २०७१ मंसिर २८ गते देखि “प्लाटिनम लाउञ्ज” माफर्त प्लाटिनम बचत खाता संचालन गर्ने ग्राहकवर्गहरुलाई छुट्टै काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्न शुरु गरेको छ ।
यसबाट प्लाटिनम बचत खाता हुने ग्राहकहरुले द्रुत र विशिष्टिकृत सेवा प्राप्त गर्न सक्ने बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यो सेवाले ग्राहकको विश्वासमा नयाँ आयम थप गर्ने विश्वास बैंकले लिएको छ ।
यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २४ वटा एटीएम्, ९ वटा शाखारहित बैंकिङ्ग र एउटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित: १ पुष २०७१, मंगलवार