बजाजको नयाँ शोरुम ग्वार्को, ललितपुरमा

Technology Khabar १ पुष २०७१, मंगलवार

बजाजको नयाँ शोरुम ग्वार्को, ललितपुरमा
Global IME Bank

काठमाडौं ।

काठमाडौँ, १ पुस । बजाजको अधिकृत विक्रेता हंसराज हुलासचंद एण्ड कम्पनीले मंसिर २९ गतेदेखि ग्वार्को, ललितपुरमा उच्च स्तररीय सेल्स्, सर्भिस र स्पेयर्सको बिक्री वितरण गर्ने उद्देश्यले पूर्ण सुविधायुक्त नयाँ शोरुम गोलमेश्वर अटो इन्टरप्राईजेजको शुरुवात गरेको छ । शोरुमको उद्घाटन हंसराज हुलासचंद एण्ड कम्पनीका उपाध्यक्ष अमिताव अग्रवालले गरेका थिए ।

नयाँ शोरुमको उद्घाटनका बारेमा बोल्दै हंसराज हुलासचंद एण्ड कम्पनीका उपाध्यक्ष अमिताव अग्रवालले ग्वार्को, ललितपुरस्थित नयाँ शोरुमबाट पनि बजाजका सबै ग्राहकहरुलाई उच्चस्तरीय सेवाहरु प्रदान गरिने बताए ।

शोरुम उद्घाटनको उपलक्ष्यमा गोलमेश्वर अटो इन्टरप्राईजेले आफ्ना ग्राहकहरुको लागि आकर्षक उपहारको घोषणा पनि गरेको छ ।

Sajilo Visa

प्रकाशित: १ पुष २०७१, मंगलवार

तपाइको प्रतिक्रिया