सोनीको बजेट स्मार्टफोन एक्सपेरिया इ४ आउँदै

Technology Khabar २९ मंसिर २०७१, सोमबार

सोनीको बजेट स्मार्टफोन एक्सपेरिया इ४ आउँदै

काठमाडौं ।

काठमाडौं, २९ मंसिर । जापानीज कम्पनी सोनीले बजेट स्मार्टफोन ल्याउने तयारी गरेको छ । सोनीले बजेट स्मार्टफोन बजारमा आफ्नो हिस्सा बढाउने उदेश्यका साथ एक्सपेरिया इ४ लन्च गर्ने तयारी गरेको छ ।

टेक बजारमा सोनीले ल्याउन लागेको स्मार्टफोनको बारेमा निकै चर्चा भएको छ । यसैबिचमा पोल्याण्डको एक वेवसाइटले सोनीको एक्सपेरिया इ४ (Sony Experia E4) को फीचर्स लीक गरेको छ ।

वेवसाइटका अनुसार यो फोनमा ५ इन्चको स्क्रीन रहेको छ जसको रिजोल्यूशन ९६०X५४० पिक्सल छ । यो स्मार्टफोन एन्ड्रोयड किटक्याट ४.४.४ मा आधारित रहेको छ भने यो फोनमा मिडिया टेक एमटी ६५८२ प्रोसेसर लागेको छ ।sony_650_121514011745

एक्सपेरिया ए४को लीक भएको तस्विरहेर्दा यो स्मार्टफोनमा ५ मेगापिक्सलको एलइडि फ्ल्याशसहितको रियर क्यामरा रहेको छ ।

यो फोनको पछिल्लो भाग सेरामिक जस्तो देखिएको छ । यो स्मार्टफोन सिंगल तथा ड्यूअल सिम दुवै प्रकारमा उपलब्ध हुने अनुमान गरिएको छ ।

यो स्मार्टफोनको बारेमा सोनीले मोबाइल वल्र्ड कांग्रेस २०१५ मा घोषणा गर्ने अनुमान छ ।

easy care

प्रकाशित: २९ मंसिर २०७१, सोमबार

ताजा समाचार