धुलिखेल माउन्टेन रिसोर्टको स्वामित्व अब टिबिआई ग्रुपमा

Technology Khabar २९ मंसिर २०७१, सोमबार

धुलिखेल माउन्टेन रिसोर्टको स्वामित्व अब टिबिआई ग्रुपमा
Classic Tech

काठमाडौं, २९ मंसिर । काभ्रेको पाँचखालस्थित धुलिखेल माउन्टेन रिसोर्ट अब टिबीआई गु्रप अन्तर्गत बिबी होटल्सको स्वामित्वमा सञ्चालन हुने भएको छ । शुक्रबार एक समारोहकाबिच उद्योग मत्री महेश बस्नेत र अध्यक्ष ग्रुपका भवन भट्टले संयुक्त रुपमा यस रिसोर्टको नयँ लोगो अनाबरण गरे ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्व्य परिषद (एनआरएनए आईसिसि)का उपाध्यक्ष तथा एनआरएनए टुरिजम प्रमोशन नेपाल कमिटिका अध्यक्ष समेत रहेका भवन भट्टको टीबीआई ग्रुपले ३३ बर्ष पुरानो उक्त रिसोर्टको पूर्ण स्वामित्व ग्रहण गर्दै यही मंसिर २६ गतेदेखि नयाँ व्यवस्थापन अन्तर्गत सञ्चालनमा ल्याएको छ । जापानमा रेष्टुरेन्ट होटल तथा युरोपमा पनि होटल सञ्चालन गरिरहेको टिबीआई गु्रपको नेपालमा आतिथ्य सत्कार उद्योगमा यो पहिलो ठूलो लगानी हो ।

कार्यक्रममा उद्योग मन्त्री बस्नेतले नेपालमा जलविद्युत, पर्यटन र कृषि मुख्य प्राथमिकतामा रहेको भन्दै यस क्षेत्रमा लगानी बढाउने काम गर्ने बताए ।

२० एकड क्षेत्रफलमा फैलिएको उक्त रिसोर्ट काठमाडौंबाट ३४ किलोमिटरको दूरीमा रहेको छ । रिसोर्टबाट मनमोहक हिमश्रृंखला, सनराइज र सनसेटका आकर्षक दृश्यावलोकन गर्न सकिने भएकाले रिसोर्ट आन्तरिक तथा बाह्रय पर्यटकको पहिलो गन्तव्य बनेकोे दाबी व्यवस्थापनले गरेको छ ।

टीबीआई ग्रुपको स्वामित्वमा जापानमा १०० भन्दा बढि रेष्टुरेन्ट तथा रिसोर्ट होटल तातेसिना संचालनमा रहेका छन् । धुलिखेल माउन्टेन रिसोर्टलाई भविष्यमा नेपालकै नम्बर एक रिसोर्ट बनाउने तथा सुविधाहरु थपिँदै लगिने समूहले जनाएको छ । साथै काठमाडौंको ट्रान्कुलिटी स्पासँग सहकार्य गरेर अघि बढ्ने तथा ग्राहकको मनोरञ्जनका लागि एड्भेन्चर स्पोर्टस् पनि राख्ने तयारी भइरहेको समूहले जानकारी दियो ।

पर्यटकलाई हिमाल अवलोकनका लागि सहज बनाउने उद्देश्यले बाइनाकुलरको व्यवस्था गरिने र नयाँ स्वामित्वसँगै रिसोर्टमा आन्तरिक तथा बाह्रय पर्यटकको लागि विशेष छुट अफरको घोषणा गरिनुका साथै समय सापेक्ष नयाँ प्याकेजहरु उपलब्ध गराउने जानकारी दिईयो । रिसोर्टमा ४२ वटा शयनकक्ष तथा सभा/सेमिनारका लागि अलगअलग क्षमताका प्रविधियुक्त तीनवटा हल छन् ।

टिबिआईले नेपालमा युनाइटेड ब्रुअरीज, कारोबार राष्ट्रिय आर्थिक दैनिक, बिबी एयरवेज, बिबी होलिडेज, लिबर्टी कलेज लगायत व्यवसाय सञ्चालनमा गरिरहेको छ तथा नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडमा साझेदारी रहेको छ ।

TK Viber

प्रकाशित: २९ मंसिर २०७१, सोमबार

Loading...