सामसुंग ग्यालेक्सी ग्राण्ड ३ आउँदै

Technology Khabar २५ मंसिर २०७१, बिहीबार

सामसुंग ग्यालेक्सी ग्राण्ड ३ आउँदै

काठमाडौं ।

काठमाडौं, २५ मंसिर । सामसुंग मोबाइलको ग्यालेक्सी ग्राण्ड ३ मोबाइल चीनियाँ प्रमाणक निकाय टेना (TENAA) को डाटाबेसमा लिस्टेड भएको छ । सामसुंग ग्यालेक्सी ग्राण्ड ३ को स्पेशिफीकेशन तथा तस्विरहरु टेनामा लिस्टेड भएको हो ।

सामसुंग ग्यालेक्सी ग्राण्ड ३ को बारेमा करिब १ महिना अघि नै सूचना लिक भइसकेको थियो भने हाल चीनियाँ प्रमाणक निकायले पनि यसलाई प्रमाणित गरेको हो ।

यो स्मार्टफोनमा ५.२५ इन्चको डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १२८०X७२० पिक्सल रहेको छ । यो स्मार्टफोन सामसुंग ग्यालेक्सी ग्राण्ड २ को सफलताबाट उत्साहित हुँदै ल्याउन लागिएको विश्लेषकहरुले जनाएका छन् ।14025039-c

ग्यालेक्सी ग्राण्ड ३ मा १.२ गीगाहर्जको क्वाड कोर सिपीयू तथा ६४ बिटको क्वालकम स्न्यापड्र्यागन ४१० प्रोसेसर रहेको छ ।

यो फोन एन्ड्रोयडको किटक्याट ४.४ भर्सनमा आधारित छ भने यसमा एलईडी फ्ल्याशसहित १२ मेगापिक्सलको क्यामरा रहेको छ जसले एचडी भिडियो पनि खिच्न सक्दछ । त्यसैगरी फोनको फ्रन्ट क्यामरा ५ मेगापिक्सलको रहेको छ ।

ग्यालेक्सी ग्राण्ड ३ मा १.५ जीबीको र्याम तथा १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ जसलाई माइक्रो एसडीको सहायतामा बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।
थ्रीजी तथा फोर जी सपोर्ट गर्ने यो स्मार्टफोन बजारमा सेतो र कालो रंगमा उपलब्ध हुनेछ ।

यो फोन ग्राण्ड २ भन्दा पातलो छ जसको तौल १४० ग्राम रहेको छ । मिड रेन्जको फ्याबलेट फोन बजारमा छिटै आउने अनुमान गरिएको छ ।

Sajilo Visa

प्रकाशित: २५ मंसिर २०७१, बिहीबार

तपाइको प्रतिक्रिया