Technology Khabar २५ मंसिर २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौं, २५ मंसिर । पञ्चकन्या समूहले अन्टार्कटिकाको ४८९७ मिटर अग्लो भिन्सन म्यासिफ हिमाल आरोहण गर्न जान लागेको सेभेन समिट वुमन टिमका सात जना नेपाली महिलाहरुलाई विदाई गरेको छ ।
उक्त टिम यही मंसिर २६ गते त्यसतर्फ जादैंछ । टिमले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अष्ट्रेलिया, युरोप, अफ्रिका, दक्षिण अमेरिका र उत्तर अमेरिकाका सबै उच्च शिखरहरुको सफलापूर्वक आरोहण गरिसकेको छ ।
समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ, कार्यकारी निर्देशक उ्ज्ज्वल कुमार श्रेष्ठले आर्थिक सहयोग स्वरुप चेक तथा पञ्चकन्या समूहको लोगो अंकित व्यानर हस्तान्तरण गरेका थिए ।
पञ्चकन्या समूहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सेभेन समिट वुमन टिमलाई सुरु अवस्थादेखिनै निरन्तर सहयोग गर्दै आएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
प्रकाशित: २५ मंसिर २०७१, बिहीबार