Technology Khabar २५ मंसिर २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौं, २५ मंसिर । नेपाल सरकारले छिमेकी मुलुक चीनसँग द्विपक्षीय व्यापार सम्झौता (विप्पा)का लागि परराष्ट्रमन्त्रालय मार्फत् आज चीन सरकारलाइ पत्राचार गरेको छ ।
उद्योग मन्त्रालयका सह सचिव महेश्वर न्यौपानेका अनुसार चीन सरकारले २०६८ साल मंसिरमा विप्पाका लागि ड्राफ्ट पठाइएको थियो ।
चीन सरकारले पठाएको सोहि ड्राफ्ट विभिन्न मन्त्रालयबीच आन्तरिक छलफल र उद्योग मन्त्री महेश बस्नेतको अन्तिम स्विकृती पश्चात मन्त्रालयले परराष्ट्रमन्त्रालय मार्फत् पठाएको जनाएको छ ।
यसअघि नेपालसँग वेलायत, फिनल्याण्ड, मोरिसस, भारत लगायत ६ वटा देशहरुले द्विपक्षीय व्यापार सम्झौता (विप्पा) गरिसकेका छन् ।
“हालसालै भारतसँग गरिएको विप्पा मोडेलमा चीन सरकारले पठाएको ड्राफ्टलाई परिमार्जन गरि पठाएका छौँ, चीनबाट के कस्तो प्रतिक्रिया आउछ त्यस बमोजिम प्रक्रिया अघि बढ्छ”– सह सचिव न्यौपानेले भने ।
प्रकाशित: २५ मंसिर २०७१, बिहीबार