उद्योगी पाण्डेको निधन

Technology Khabar २५ मंसिर २०७१, बिहीबार

उद्योगी पाण्डेको  निधन

काठमाडौं ।

काठमाडौं, २५ मंसिर । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष उदयराज पाण्डेको आज दिउँसो १२ बजे निधन भएको छ । ५५ वर्षिय स्व‍. पाण्डे दिल्लीमा उपचार गराई रहेका थिए । पाण्डेको आज निधन भएको हो । उनको पार्थिव शरिर आजै आर्यघाटमा अन्त्येष्टिका लागि गरिने छ ।

तयारी पोशाक उद्योगको बारेमा लामो अनुभव हासिल गरेका स्व. पाण्डे नेपाली तयारी पोशाकको निर्यात बढाउनका लागि विभिन्न तहतप्काबाट काम गर्दै आएका थिए । नेपाल उद्योग बाणिज्य महासंघको गत चैतमा सम्पन्न निर्वाचनमा उपाध्यक्षका उम्मेदवार पनि थिए । तर उनको आफ्नो स्वास्थ्यका कारण निर्वाचनमा भने प्रत्यक्ष सहभागि हुन सकेका थिएनन् ।

उनले चैतमा चाणक्य मासिकसँग कुराकानी गर्दै आगामी दिनमा उत्पादनमूलक क्षेत्रको अवस्थामा सुधारका साथै निर्यात बढाउनेतर्फ प्रयास गर्ने बताएका थिए । स्व. पाण्डेले महासंघको नेतृत्वमा उत्पादनमूलक क्षेत्रबाट अलग्गिएका उद्योगीहरुलाई फेरि उत्पादनमूलक क्षेत्रमा लगानीका लागि उत्प्रेरित गर्ने विचार पनि व्यक्त गरेका थिए ।

उनले विश्व व्यापार संघ, ड्यूटि फ्रि सुविधा तथा एलसिडी कन्ट्रीको अवस्थाका बारेमा पनि अनुभव हासिल गरेका थिए ।

स्व. पाण्डे युवा उद्यमीमध्येका स्पष्ट वक्ता, लगनशिल र मेहनती भएको उनका व्यवसायी मित्रहरुको अनुभव रहेको छ । स्व. पाण्डेले निर्यात बढाउन भूमिका खेले बापत नेपाल सरकारद्धारा कमर्शियल इम्पोर्टेन्ट पर्सनको सम्मान पनि प्राप्त गरेका थिए ।

सन् १९५९ अगस्त २१ तारिखमा काठमाडौंमा जन्मेका स्वर्गिय पाण्डेकी श्रीमति कल्पना पाण्डे, एक छोरा आशिष पाण्डे र एक छोरी अदिती पाण्डे रहेका छन् । स्व. पाण्डेले शंकरदेव क्याम्पसबाट स्नातकोत्तर तह उत्तिर्ण गरेका थिए ।

स्वर्गिय पाण्डेप्रति चाणक्य मासिक परिवार हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ ।

Global Bank
easy care

प्रकाशित: २५ मंसिर २०७१, बिहीबार

ताजा समाचार