चीनियाँ कम्पनी जिओमीका मोबाइल भारतमा प्रतिबन्धित

Technology Khabar २५ मंसिर २०७१, बिहीबार

चीनियाँ कम्पनी जिओमीका मोबाइल भारतमा प्रतिबन्धित

काठमाडौं ।

काठमाडौं, २५ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमीलाई भारतीय एक अदालतले भारतमा स्मार्टफोन बिक्रीमा रोक लगाएको छ । दिल्ली उच्च अदालतले चीनियाँ मोबाइल निर्माता कम्पनीलाई आफ्नो स्मार्टफोन बिक्रीमा रोक लगाएको हो ।

जिओमीलाई भारतमा यूरोपेली मोबाइल कम्पनी एरिक्सनले पेटेन्टको उल्लंघनको आरोप लागेपछि दिल्ली उच्च अदालतले यस्तो आदेश दिएको हो । एरिक्सनले जिओमीले छलकपटका साथ उसको उत्पादन भारतमा बिक्री गरिरहेको जसले पेटेण्ट कानूनको उल्लंघन गरेको आरोप लगाएको हो । अदालतले यो आरोपमा एकतर्फि आदेश जारी गर्दै रोक लगाएको भारतीय संचारमाध्यमहरुले जानकारी दिएका छन् ।

सो आदेशको प्रतिवादमा जिओमीका प्रतिनिधिले अदालतमा उपस्थित भएर पेटेण्ट उल्लंघन नभएको बारे बताउनुपर्नेछ अन्यथा जिओमीमाथि आयात, बिक्री वितरण, उत्पादन तथा विज्ञापन गर्न प्रतिबन्ध कायमै रहनेछ । एरिक्सनकाअनुसार कम्पनीले जिओमीसँग धेरै पटक सम्पर्कको लागि कोशिश गरेपनि जिओमीले बेवास्ता गरेको थियो ।

उता जिओमीका भारत प्रमुख मनु जैनले कम्पनीलाई अदालतबाट यस्तो प्रकारको कुनै पनि आदेश नआएको बताए । उनले त्यसबारेमा जानकारी हासिल गरिरहेको बताए । जिओमीले यो आदेशको बारेमा आफ्नो पक्ष राख्ने जानकारी दिएको छ । उनले एरिक्सनका साथ मिलेर सो मामलालाई समाधान गर्ने प्रयास गर्ने बताए ।

यो आदेश प्राप्त गरेपछि कम्पनीले फ्लीपकार्टमा बिक्रीका लागि राखिएका जिओमीका फोनहरु हटाइने जानकारी दिएको छ ।

यो भन्दा पहिलेपनि एरिक्सनले सामसुंग तथा माइक्रोम्याक्सको विरुद्ध मुद्धा दायर गरेको थियो । एरिक्सनले यी कम्पनीहरुले पनि पेटेण्ट कानूनको उल्लंघन गरेको आरोप लगाएको थियो ।

जिओमी भारतमा प्रवेश गरेदेखि नै उसमाथि कयौं प्रकारका आरोपहरु लागिरहेका छन् । केहि समय अघि मात्र भारतीय वायु सेनाले सो कम्पनीको सर्भर चीनमा भएको हुँदा डाटाद्धारा भारतमाथि खतरा हुने आरोप लगाएको थियो ।

पछिल्ला वर्षहरुमा चीनियाँ एप्पल पनि भनिने जिओमीले तिब्ररुपमा बजार विस्तार गर्दै विश्वको तेस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी बन्न सफल भएको थियो ।

Global Bank
easy care

प्रकाशित: २५ मंसिर २०७१, बिहीबार

ताजा समाचार