जनवरी १ तारिखदेखि सिटिसी मोबाइल बजार संचालन हुने

Technology Khabar २४ मंसिर २०७१, बुधबार

जनवरी १ तारिखदेखि सिटिसी मोबाइल बजार संचालन हुने

काठमाडौं ।

काठमाडौं, २४ मंसिर । काठमाडौंको सुन्धारामा अवस्थित सिटिसी मलमा सिटिसी मोबाइल बजार संचालन हुने भएको छ । उक्त मलको चौथो तथा पाँचौं तल्लामा आगामी जनवरी १ तारिखदेखि मोबाइल बजार संचालन हुने भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर सिटिसी मलमा सिटिसी मोबाइल बजार संचालन हुने लगानीकर्ता तथा व्यवस्थापन समूहले जानकारी दिएको छ । सिटिसी मोबाइल बजारमा करिब १ सयवटा साना ठूला मोबाइल तथा ग्याजेटका पसलहरु रहने छन् भने विभिन्न मोबाइल ब्राण्डहरुले आफ्नो सर्भिस सेन्टरपनि संचालन गर्ने भएका छन् । 10603744_1506748169603093_7420723323726812871_n

सिटिसी मोबाइल बजारका अध्यक्ष संदिप श्रेष्ठले विभिन्न कामहरु शुरु भइसकेको जानकारी दिँदै जनवरी  एक तारिखदेखि मोबाइल बजार संचालन हुने बताए । ‘पसलहरु निर्माण तथा डेकोरेशनको तयारी तिव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘जनवरी १ तारिखमा हामी बजार संचालन गर्दछौं ।’

हाल न्यूरोडको पाको तथा खिँचापोखरीलगायतका क्षेत्रमा पाकिंङको समस्या तथा भिडभाडका कारण नयाँ मोबाइल बजारको आवश्यकता भएको हुँदा सिटिसी मलमा मोबाइल बजार संचालन गर्न लागिएको व्यवसायीहरुको भनाई छ ।10428563_1506748206269756_8360914853902133448_n

उक्त बजारको चौथो तल्लामा विभिन्न ब्राण्डका मोबाइल, ग्याजेट्स, ट्याबलेट, ल्यापटप लगायतका सामाग्री बिक्रीका लागि तोकिएको छ भने पाँचौं तल्लामा सर्भिस सेन्टरहरु राखिने व्यवस्थापन समूहले जानकारी दियो । व्यवस्थापन समूहका एक सदस्य मनोज मानन्धरले पाँचौं तल्लामा सर्भिस सेन्टर तथा चौथो तल्लामा पसलहरु संचालन हुने व्यवस्था मिलाएको बताए । ‘पाँचौं तल्लामा विभिन्न मोबाइल ब्राण्डहरुको करिब ११ वटा सर्भिस सेन्टर हुनेछ,’ उनले भने, ‘चौथो तल्लामा भने बिक्रीका लागि १ सय वटा पसलहरु संचालन हुनेछ ।’

उक्त स्थानमा सामसुंग, हुवावे, कार्वन, टेलिटकको कलर्स तथा जियोनी, पानासोनिक, एलजी, माइक्रोम्याक्सलगायतका ब्राण्डहरुले आफ्ना आधिकारिक सर्भिस सेन्टर संचालन गर्नेछन् । सर्भिस सेन्टर संचालनका लागि व्यवस्थापन समूहले केहि दिन अघि विभिन्न मोबाइल ब्राण्डका प्रतिनिधी व्यवसायीहरुसँग छलफल पनि गरिसकेको छ ।Representative

त्यसैगरी सिटिसी मोबाइल बजारमा गैर कानूनी बाटोबाट आएका अनधिकृत ब्राण्डका मोबाइल (ग्रे ब्राण्ड) तथा सामाग्रीहरु बिक्री वितरणमा रोक लगाइने व्यवस्थापन समूहले जानकारी दिएको छ ।

उक्त मोबाइल बजारमा मोबाइल तथा अन्य सामाग्री खरिदकर्ताहरुका लागि पार्किङमा छुट दिईने छ भने निशुल्क वाईफाईको व्यवस्था समेत मिलाइने बताईएको छ । त्यसैगरी मोबाइल बजारको प्रबद्र्धनका लागि आवश्यक विभिन्न कार्यक्रमहरु गरि ग्राहकहरुलाई सुपथ मुल्यमा सामाग्रीहरु बिक्री गरिने समूहको दाबी छ ।

सिटिसी मोबाइल बजार संचालनका लागि मोबाइल व्यावसायीहरुले २१ जनाको व्यवस्थापन समूह बनाएका छन् भने संदिप श्रेष्ठ, केशव लुईँटेल, मनोज मानन्धर, माधव रोक्का र आविश्कार लाल श्रेष्ठको समूहलाई मुख्य व्यवस्थापनको जिम्मा दिईएको बताईएको छ ।

उक्त मोबाइल बजारमा ग्राहकहरुलाई आवश्यक सबै सुविधाहरु उपलब्ध हुने हुँदा मोबाइल खरिदका लागि ग्राहकहरु आउने अपेक्षा व्यवसायीहरुको छ । समूहले भविश्यमा व्यवसायीको माग र आवश्यकता अनुसार पसलहरु थप गर्ने योजना पनि बनाएको छ ।

यसअघि पनि न्यू मोबाइल मार्केटको नाममा संचालन हुने भनिएको मोबाइल बजार व्यवसायीहरुविचको आपसी द्धन्द तथा मलको व्यवस्थापनसँगको विवादका कारण संचालन हुन सकेको थिएन् । यसअघि मोबाइल व्यवसायीको एक पक्षले संचालन गर्ने भनिएको थियो भने हाल अर्को पक्षले मोबाइल बजार संचालनको तयारी गरेको एक व्यवसायीले बताए ।

Sajilo Visa

प्रकाशित: २४ मंसिर २०७१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार