कलर्सको थ्रीजी सपोर्ट गर्ने मोबाइल सेट बजारमा

Technology Khabar २४ मंसिर २०७१, बुधबार

कलर्सको थ्रीजी सपोर्ट गर्ने मोबाइल सेट बजारमा

काठमाडौं ।

काठमाडौं, २४ मंसिर । कलर्स मोबाईलले मोबाईलमार्फत ईन्टरनेट चलाउन अत्यावश्यक थ्रीजी नेटवर्क सपोर्ट गर्ने नयाँ मोडलका सेट बजारमा ल्याएको छ । तीन वटा मोडलका सेटहरु उत्पादन गरिएको जुम सिरिजका यी मोबाईलमध्ये “कलर्स टर्वो जुम” हाल बजारमा उपलब्ध छ भने “कलर्स जुम” र “कलर्स जुम मिनी” चाँडै बजारमा आउँदैछन् ।

जुम सिरिजका मोबाईल फोनहरु टूजी प्रविधिबाट ईन्टरनेट चलाई रहेका सामान्य एन्ड्रोयड अपरेटिङ सिष्टम प्रयोगकर्ताहरुलाई अझै छिटो र झञ्झटरहित तरिकाले ईन्टरनेटसंचालन गर्नका लागि बढी उपयोगी हुने कम्पनीको दाबी छ ।

थ्रीजी प्रविधिमार्फत फेसबुक , टुईटर लगायत अन्य सामाजिक संजालहरुमार्फत सजिलै तस्विर तथा भिडियोहरु अपलोड एवं डाउनलोड गर्न सकिनेछ ।

आकर्षक डिजाईन र निकै पातला यी मोबाईलसेट एन्ड्रोयड किटक्याट अपरेटिङ सिस्टमबाट संचालन हुन्छन् जसले तीव्र गतिको ईन्टरनेट सेवा उपलब्ध गराउन सम्भव भएको बताइएकोछ । चार ईन्चको डब्लु भिजिए टच स्क्रिन भएको कलर्स टर्वो जुममा १.२ गीगाहर्ज ड्युल कोर प्रोसेसर रहेको छ ।

यसमा १४५० एमएएचकोब्याट्रि, ५१२ एमबि र्याम र ४ जीबी इन्टरनल मेमोरी भएको यो मोबाईल नेपाली बजारमा छोटो समयमै प्रचलित हुने कम्पनीको दाबी छ । कलर्स मोवाईल टेलिटक प्राईभेट लिमिटेडको स्वामित्वमा रहेको ब्राण्ड हो ।

easy care

प्रकाशित: २४ मंसिर २०७१, बुधबार