दुधको मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी

Technology Khabar २४ मंसिर २०७१, बुधबार

दुधको मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी

काठमाडौं ।

काठमाडौं, २४ मंसिर । दुध उत्पादनको लागत मूल्य नपाए केन्द्रिय दुग्द्य सहकारी संघले शसक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मंगलवार कृषि उपभोक्ता डबलीमा पत्रकार सम्मेलन गर्दै केन्द्रिय दुग्द्य सहकारी संघले किसानहरुले उत्पादन गरेको दुधको लागत मूल्य नपाएको भन्दै मूल्यवृद्धि नगरि चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावानी दिएको हो ।

आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय दुग्द्य सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले अघिल्लो वर्ष सरकारसँग भएको दुधको लागत मूल्य वृद्धि गर्ने सहमति बमोजिम चाडै मूल्यवृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी दिदै उनले ४९ रुपैयाँ ५८ पैसा लागत खर्च भइरहेको भन्दै मूल्यवृद्धिको माग गरे ।

प्रतिलिटर १२ रुपैयाँ ५८ पैसा दुध उत्पादनको लागत मूल्यमा घाटा भइरहेको भन्दै राज्यले दुध उत्पादन गर्ने किसानहरुको घाटा पूर्ति नगरिए दुधमा आत्मनिर्भर बन्दै गएको दुध पेशा नै बन्द हुने अवस्थामा पुगि सकेको अध्यक्ष देवकोटाले दाबी गरे ।

अहिले राज्यले प्रतिलिटर ३२ रुपैयाँ देखि ३५ रुपैयाँसम्ममा दुध खरिद गरिरहेको भन्दै करिब १३ रुपैयाँ दुध उत्पादनको लागत घाटा किसानहरुले व्यहोरिरहेको अध्यक्ष देवकोटाको भनाई छ ।

राज्यले भारतबाट झण्डै ५० रुपैयाँमा कच्चा दुध खरिद गरिहेको तर दुधमा आत्मनिर्भर भइरहेको दुग्द्य पेशामा राज्यले ध्यान नदिदा यो पेशा नै बन्द हुने अवस्थामा पुगेको अध्यक्ष देवकोटाको भनाई थियो । उनले भारतबाट दैनिक १ लाख दुध नेपाल भित्रिने गरेको पनि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

हाल दैनिक ४ लाख दुध खपत रहेकोमा २ लाख लिटर दुध अपुग रहेको अवस्थामा राज्यले दुध उत्पादन  पेशालाई संरक्षण नगरि दुग्ध पेशामा लागेका किसानहरु पेशा नै बन्द गर्ने अवस्थामा पुगेको संघको भनाई छ ।

easy care

प्रकाशित: २४ मंसिर २०७१, बुधबार