Technology Khabar २४ मंसिर २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, २४ मंसीर । के तपाईँले तीन वटा सिम नियमित चलाउने गर्नुहुन्छ र त्यस्तो ३ सिम लाग्ने मोबाइलको खोजीमा हुनुहुन्छ ? यदि तपाइँलाई तीन वटा सिम भएको स्मार्टफोन आवश्यक भएको हो भने अब त्यो समस्या समाधान हुने भएको छ । ताइवानी कम्पनी एसरले तीन सिमयुक्त नयाँ क्वाड कोर स्मार्टफोन एसर लिक्विड ई ७०० (Acer Liquid E700) भारतमा सार्वजनिक गरेको छ ।
कम्पनीले भारतीय बजारमा सार्वजनिक गरेको यो स्मार्टफोनमा तीनवटा सिमको लागि स्लट रहेको छ जसमा एउटै हेडसेटबाट तीनवटा सिम प्रयोग गर्न सकिन्छ ।
एसरको यो स्मार्टफोन एन्ड्रोयड किटक्याट भर्सनमा आधारित रहेकोछ जसको स्क्रीन ५ इन्चको छ । यो स्मार्टफोनमा अटो फोकश र फ्ल्याशसहितको ८ मेगापिक्सलको रियर क्यामरा राखिएको छ भने फ्रन्ट क्यामरा २ मेगापिक्सलको छ । फ्रन्ट क्यामरामा पनि फ्ल्याश राखिएको छ ।
यो फोनको फ्रन्टमा ड्यूअल स्पीकर छ जसमा डीटीएस साउण्ड रहेको छ । रियर क्यामराद्धारा फुल एचडी भिडियो पनि खिच्न सकिनेछ ।
यो फोनमा थ्रीजी तथा टूजी दुवै सपोर्ट गर्दछ भने २४ घण्टासम्मको टकटाइम दिन्छ । यो फोनको बजार मूल्य भारतमा ११ हजार ९ सय ९९ रुपैंया रहेको छ ।
त्यसैगरी कम्पनीले एसर लिक्विड जाडे (Acer Liquid Jade) स्मार्टफोन पनि सार्वजनिक गरेको छ । लिक्विड जाडेमा ५ इन्चको स्क्रीन राखिएको छ जुन गोरिल्ला ग्लास ३ डिस्प्ले हो ।
यो स्मार्टफोनमा क्वाड कोर प्रोसेसर २ जीबी र्याम तथा १६ जीबीको आन्तरिक मेमोरी रहेको छ । यो स्मार्टफोनमा भने १३ मेगापिक्सलको रियर क्यामरा राखिएको छ ।
एसरले भारतमा यी दूई स्मार्टफोन सार्वजनिक गर्दै बजारमा पुनः प्रवेश गरेको हो । कम्पनीले यी दूवै स्मार्टफोनहरु स्न्यापडिल डटकममार्फत मात्रै बिक्रि गर्ने छ । एसर लिक्विड जाडेको बजार मूल्य भारतमा भने १६ हजार ९ सय ९९ रुपैंया तोकिएको छ ।
एसरले ६४ बीटको चीपसेट राखिएको एसर लिक्विड जाडेको अपडेटेड भर्सनको स्मार्टफोन एसर लिक्विड जाडे एस (Acer Liquid Jade S) पनि छिटै सार्वजनिक गर्ने भएको छ । एसर लिक्विड जाडे एस ६४ बीटको चीपसेट राखिएको ताइवानी निर्माताको पहिलो स्मार्टफोन हुनेछ ।
यो स्मार्टफोन ताइवानमा डिसेम्बर १८ तारिखमा लन्च हुनेछ जसको बजार मूल्य ६ हजरा ९ सय ९० ताइवानी डलर अर्थात २ सय २४ अमेरिकी डलर तोकिएको छ । एजेन्सी
एसर लिक्विड ई 700 को विशेषताहरु
* स्क्रीन- 5 इंच, 1280×720 पिक्सल रिजोल्यूशन
* ओएस- एंड्रोयड 4.4.2 किटक्याट
* प्रोसेसर- 1.3 जीएचजेड क्वाड कोर प्रोसेसर
* क्यामरा- 8 एमपी अटो फोकस रियर, 2 एमपी फ्रंट
* र्याम- 2जीबी, 16 जीबी इंटरनल स्टोरेज
* अन्य फीचर्स- 3जी, वाई-फाई, जीपीएस र ब्लूटूथ
* ब्याट्री- 3500 एमएएच
* सेंसर- एक्सीलरोमीटर, प्रोक्सिमिटी, लाइट तथा म्याग्नेटिक
प्रकाशित: २४ मंसिर २०७१, बुधबार