एनसेल सुपरनेट योजनामा ५० प्रतिशत छुट

Technology Khabar २४ मंसिर २०७१, बुधबार

एनसेल सुपरनेट योजनामा ५० प्रतिशत छुट

काठमाडौं ।

काठमाडौं, २४ मंसीर । एनसेलले प्याक खरिद नगरी इन्टरनेट प्रयोग गर्ने ग्राहकको सुविधाको लागि सुपरनेट नामक योजनालाई सहज बनाएको छ, जस अन्तर्गत ग्राहकले अब पहिलो एमबीबाटै ५० प्रतिशत छुट दरमा र थप इन्टरनेट प्रयोग गर्दै जाँदा रुपैयाँ प्रति एमबीसम्मको दरमा इन्टरनेट प्रयोग गर्न सक्ने कम्पनीले जनाएकोछ ।

सरलिकृत सुपरनेट यही मंसिर २३ गतेबाट शुरु भई तीन महिनासम्म लागू हुने एनसेलले जनाएको छ । यसमा इन्टरनेट भल्युमलाई जम्मा ३ वटा ब्लकमा विभाजन गरिएको छ । ग्राहकले जति इन्टरनेट प्रयोग गर्दै जानेछन् त्यही अनुरुप स्वतः यी खुड्किला चढ्दै जानेछन् र प्रत्येक खुड्किलामा इन्टरनेटको मूल्य पहिलेको भन्दा कम हुँदै जाने एनसेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्याकविना इन्टरनेट चलाउँदा प्रत्येक एमबी इन्टरनेटको शुल्क ६ रुपैयाँ लाग्दै आएकोमा, अब नयाँ सुपरनेटमा ग्राहकले ० देखि २० एमबीसम्म ३ रुपैयाँ प्रति एमबीको दरमा इन्टरनेट चलाउन सक्नेछन्। थप इन्टरनेट प्रयोग गर्दा २० एमबीदेखि १०० एमबी रु २ प्रति एमबी र १०० एमबी भन्दामाथि मात्र १ रुपैयाँमा इन्टरनेट प्रयोग गर्न सक्नेछन्। यी दरहरु कर बाहेका हुन्।

एनसेल प्रिपेड ग्राहकले सुपरनेटमा सहभागी भई मूल्यमा लाभ लिन १७१०३ डायल गरि सुपरनेटमा निःशुल्क सहभागी हुन सकिने एनसेलले बताएको छ। इन्टरनेट प्रयोगको गणना गर्दा सुपरनेटमा सहभागी भएको दिनदेखि ३० दिनसम्म प्रयोग गरेको भोल्युमलाई लिइने बताइएको छ। ३० दिन पश्चात नयाँ गणना शुरु हुनेछ।

“सुपरनेटको छुट र सुलभ दरले प्याक विनै डेटा चलाउन रुचाउने ग्राहकलाई विशेष लाभ प्रदान गर्ने विश्वास छ,” एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले भनिन,- “प्याक लिने ग्राहकले ३० पैसा प्रति एम.बी (कर वाहेक) सम्म इन्टरनेट चलाउन सक्ने व्यवस्था यथावत छँदैछ ।”

Global Bank
easy care

प्रकाशित: २४ मंसिर २०७१, बुधबार

ताजा समाचार