माइक्रोम्याक्सको १३ मेगापिक्सलसहितको सेल्फी स्मार्टफोन

Technology Khabar २३ मंसिर २०७१, मंगलवार

माइक्रोम्याक्सको १३ मेगापिक्सलसहितको सेल्फी स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, २२ मंसिर । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले निकै आकर्षक सेल्फी स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सले १३ मेगापिक्सलको फ्रन्ट क्यामराभएको स्मार्टफोन माइक्रोम्याक्स क्यानभास सेल्फी लन्च गरेको छ । कम्पनीले सेल्फी प्रेमीहरुलाई ध्यान दिएर उक्त स्मार्टफोन ल्याएको हो ।

कम्पनीले ल्याएको क्यानभास सेल्फीमा रहेको १३ मेगापिक्सलको फ्रन्ट क्यामरा अहिलेसम्मको सेल्फी केन्द्रित स्मार्टफोनहरुमध्ये सबैभन्दा ठूलो क्यामरा हो । यो स्मार्टफोनमा फ्रन्ट क्यामराका साथमा एलइडी फ्ल्याशपनि राखिएको छ ।

माइक्रोम्याक्सले हालसम्म क्यानभास सेल्फीको बजार मूल्य अहिलेसम्म सार्वजनिक गरेको छैन्  तर कम्पनीले यो स्मार्टफोन जनवरीको दोस्रो सातादेखि अनलाइन तथा अफलाइन दुबै प्लेटफर्ममा उपलब्ध हुने जनाएको छ ।

माइक्रोम्याक्स क्यानभास सेल्फी म्याजेस्टिक ब्लू तथा एंगलिक ह्वाइट दुई रंगमा उपलब्ध हुनेछ । यो स्मार्टफोनको ब्याक प्यानलमा लेदर फिनिश दिईएको छ जसले यसलाई निकै आकर्षक बनाएको छ ।

माइक्रोम्याक्स क्यानभास सेल्फी लन्चिंग इभेन्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनति तनेजाले माइक्रोम्याक्सले आफ्ना यूजर्सका लागि सँधै राम्रो उत्पादन बनाउने कोशिशमा रहने बताए ।

माइक्रोक्यानभास सेल्फीमा १३ मेगापिक्सलको फ्रन्ट क्यामरा छ भने १३ मेगापिक्सलको रियर क्यामरा पनि राखिएको छ । यो दुई क्यामराहरु अटो फोकश हुन् । यसका साथै यो मोबाइलमा कयौं अन्य टूलहरुपनि राखिएको छ जसले क्यामरालाई अझै आकर्षक बनाएको छ ।

यसमा आई उनह्यासमेन्ट नामको टूल छ जसको मद्धतले प्रयोगकर्ताले आफ्नो आँखालाई अझै ठूलो र आकर्षक देखाउन सकिन्छ । यो स्मार्टफोनमा फेस स्माइलिंग नामको टूल पनि छ जसले सेल्फीमा देखिने आफ्नो मुस्कानलाई आकर्षक बनाउनेछ । त्यसैगरी यो फोनमा टीथ ह्वाइटनिंग, आइ श्याडो, आइ ब्लश, लिप ग्लास आयल रिमूभलगायतका क्यामरा टूलहरु राखिएका छन् ।

माइक्रोम्याक्सको क्यानभास सेल्फीले बजारमा एचटीसीको डिजायर ८२०, ओप्पोको एन वन, ओप्पोको एन थ्रीलगायतका स्मार्टफोनहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । एजेन्सी

माइक्रोम्याक्स क्यानभास सेल्फी’ का विशेषताहरु

डिस्प्ले                    : 4.7 इंच (गोरिल्ला ग्लास 3 प्रोटेक्शनका साथ एचडी डिस्प्ले)720x1280p रिजोल्यूशन
प्रोसेसर                  : 1.7 गीगाहर्जमीडियाटेक अक्टा कोर प्रोसेसर
्याम                        : 2 जीबी र्याम
मेमोरी                    : 16 इंटरनल जीबी (32 जीबी एक्सप्याण्डेबल मेमोरी)
परेटिंग सिस्टम   : एंड्रोयड 4.4 किटक्याट
सिम                      : डुअल सिम (नानो सिम)
्यामरा                 : सोनी सेंसर तथा डुअल एलईडी फ्ल्याशका साथ 13 मेगापिक्सल
फ्रंट क्यामरा          : एलईडी फ्ल्याशका साथ 13 मेगापिक्सल
डियो                  : 3.5 एमएम ज्याक, एफएम रेडियो
कनेक्टीविटी         : 3जी, वाईफाई, ब्लूटूथ, जीपीएस
्यारी                   : 2300 एमएएच

easy care

प्रकाशित: २३ मंसिर २०७१, मंगलवार