Technology Khabar २२ मंसिर २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, २२ मंसिर।चौधरीग्रुपको सीजी ईम्पेक्सले नयाँ फ्यान हिटर बजारमा ल्याएको छ । कम्पनीले तीन हजार आठ सय ९० रुपैयाँको नयाँ फ्यान हिटर बजारमा ल्याएको हो । सीजीका आधिकारिक विक्रेताहरूले देशभरी विक्री वितरण गरिरहेको कम्पनीले जनाएको छ ।
हिटरको क्षमता दुई हजार वाटका छन् । हिटरमा तापक्रम नियन्त्रण गर्ने स्विच, न्यून तथा उच्च हिटिङ गर्न मिल्ने, स्ट्याण्डको व्यवस्था छ । हिटरमा दुई वटा फ्यान छ । हिटर सजिलै बोक्न सकिन्छ । यसमा ईण्डिकेटर लाइटको व्यवस्था पनि गरिएको कम्पनीले जानकारी दिएकोछ ।
प्रकाशित: २२ मंसिर २०७१, सोमबार