ट्याक्सी सेवाका लागि प्रयोग हुने मोबाइल एप ‘उबर’माथि भारतमा प्रतिबन्ध

Technology Khabar २२ मंसिर २०७१, सोमबार

ट्याक्सी सेवाका लागि प्रयोग हुने मोबाइल एप ‘उबर’माथि भारतमा प्रतिबन्ध

काठमाडौं ।

काठमाडौं, २२ मंसिर । मोबाइल एपको माध्यमबाट ट्याक्सी क्याब बोलाउन तथा ट्याक्सीमा यात्रा गर्नसकिने एप उबर प्रयोगमा अब प्रतिबन्ध लागेको छ ।

भारतमा उबरमार्फत बुक गरिएको ट्याक्सीमा यात्रारत महिलामाथि बलत्कार भएपछि उबरमार्फत ट्याक्सी क्याब प्रयोगमा प्रतिबन्ध लागेको हो । दिल्ली राज्य सरकारले उबरको प्रयोगमा सोमबारदेखि नै लागु हुने गरि प्रतिबन्ध लगाएको हो । एक कम्पनीको ट्याक्सी क्याब चालक महिला यात्रुलाई बलत्कार गरेको अभियोगमा समातिएपछि स्थानिय राज्य सरकारले उबरमाथि प्रतिबन्ध लगाएको हो ।

दिल्ली यातायात विभागले मोबाइल ट्याक्सी सेवालाई भारतीय राजधानीमा कुनैपनि प्रकारको यातायात संचालन गर्न रोक लगाइएको बताएको छ ।

हालै गत शुक्रबार डिनर पार्टिबाट घर फर्किरहेकी एक २५ वर्षिया महिलालाई बलत्कार गरेको अभियोगमा ट्याक्सी चालक शिव कुमार यादब आइतवार समातिएका थिए । रोयटर्सको रिपोर्टअनुसार ती ट्याक्सी चालक सन् २०११ मा पनि बलत्कारको आरोपमा समातिएका थिए । यो घट्ना दिल्लीमा सार्वजनिक बसमा एक महिलामाथि सामुहिक बलत्कारको घट्नाको २ वर्षपछि भएको छ ।

नयाँ दिल्ली प्रहरीले उबरका कार्यकारीहरुमाथि ट्याक्सी भाडामा लिने प्रकृया र त्यो ट्याक्सी चलाउने चालकहरुको पृष्ठभूमी कसरी हेरेका छन् भनेर प्रश्न उठाएको छ ।
रोयर्टससँग कुराकानी गर्दै दिल्ली प्रहरीका डेपुटी कमिशनर मधुर बर्माले भने, उबरद्धारा भएको हरेक दूव्र्यवहारको बारेमा मुल्यांकन गर्ने र त्यसको लागि कानूनी कारबाहीमा जानेछौं ।Uber-cost

उबरको प्रयोग पछिल्ला वर्षहरुमा भारतभर निकै विस्तार हुँदै गएको थियो । यो विशेषतः सुरक्षित यात्रा गर्ने विकल्पको रुपमा महिलाहरुबिच निकै लोकप्रिय रहेको छ ।

सोमबारदेखि भएको प्रतिबन्धको बारेमा उबरका प्रमुख कार्यकारी अधिकृत ट्राभिस कालानिकले शुक्रबारको घटनाको बारेमा जिम्मेबारी अन्तै मोडेका छन् । ‘हामी सरकारसँग ट्याक्सी चालकहरुको पृष्ठभूमी जान्ने विषयमा स्पष्ट हुने विषयमा काम गर्नेछौं, जुन उनिहरुको व्यवसायिक यातायात लाइसेन्सिंग कार्यक्रममा कमजोरी रहेको छ,’ कालानिकले भने ।

उनले नयाँ दिल्लीलाई महिलाहरुको लागि सुरक्षित शहर बनाउन र भारतलाई नै सुरक्षित बनाउन प्रविधिको विकासमा लगानीको लागि सहकार्य गर्न तयार भएको बताए । एजेन्सी

Sajilo Visa

प्रकाशित: २२ मंसिर २०७१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार