स्काइका रिम र नमस्तेका सिम अवैधरुपमा बिक्री

Technology Khabar २२ मंसिर २०७१, सोमबार

स्काइका रिम र नमस्तेका सिम अवैधरुपमा बिक्री
Classic Tech
Nepal Telecom

जाजरकोट, २२ मसिर। जाजरकोट र रुकुमको सिमानामा पर्ने रिम्ना आठ बिसकोटको राडीबजारमा बिना प्रमाणपत्र धमाधम स्काइका रिम र नमस्तेका सिम अवैधरुपमा बिक्री वितरण भइरहेको खुलासा भएको छ ।

रु दुई सयमा पाइने यी सिम र रिम रु ४००देखि रु ५५० सम्म बिक्री गर्ने गरेको खुलासा भएको हो । यी दुई ठाउँका इलेक्ट्रोनिक्स पसलमा धमाधम नागरिकता, फोटो बिना नै अवैध रुपमा स्काइ रनमस्तेका रिम र सिम बिक्री भइरहेको पाइएको छ ।

नेपाल टेलिकममा रु २०० पर्ने यी रिम र सिम बाहिर बजारमा अवैध रुपमा चर्को शुल्क लिएर बिक्री वितरण भइरहेका छन् ।रुकुमको आठ बिसकोट गाविसको राडीबजारमा रहेको आधुनिक इलेक्ट्रोनिक्स एन्ड अर्डर सप्लायर्सका सञ्चालक झलक खड्काले ५५० वटा नमस्तेको सिम भएको र प्रतिसिम रु५५० मा बिक्री गरेको बताए।

प्रमाणपत्र आवश्यक नपर्ने भएका कारण यी सिम छिट्टै बिक्री हुने उनले दाबी गरे । त्यस्तै ममता इलेक्ट्रोनिक्स मोबाइल सेन्टरका सञ्चालक नभन रावलले पनि स्काइ तथा नमस्तेको सिम, रिम रु४०० देखि माथिकै मूल्यमा बिक्री गरेको बताए ।

टीका घडी रेडियो पसल, लक्ष्मी इलेक्ट्रोनिक्सले पनि दैनिक चर्को शुल्क असुल्दै अवैध रुपमा सिम, रिम बिक्री गरिरहेको खुलेको छ । जाजरकोट खगेनकोट गाविस–६ का सान्त बहादुर खत्रीले नागरिकता र फोटो नभएका कारण आफूले रु ५५० तिरेर आधुनिक इलेक्ट्रोनिक्स एन्ड अर्डर सप्लायर्सका सञ्चालक झलक खड्काबाट महँगोमा किनेर ल्याएको जानकारी दिए ।

यो ठाउँमा भर्खंरै मात्रै नमस्तेको टावर जडान गरी सञ्चालनमा ल्याएपछि रिम, रिमको अवैध कारोबार बढेको पाइन्छ ।अवैधरुपमा नेपालगन्ज, कैलाली लगायतका ठाउँवाट यहाँ रिम, सिमहरु पुग्ने गरेको ती व्यापारीहरु बताउँछन् ।

TK Viber

प्रकाशित: २२ मंसिर २०७१, सोमबार

Comments are closed.

Loading...