एलजीले फायरफक्स प्लेटफर्ममा आधारित एल२५ स्मार्टफोन ल्याउँदै

Technology Khabar २२ मंसिर २०७१, सोमबार

एलजीले फायरफक्स प्लेटफर्ममा आधारित एल२५ स्मार्टफोन ल्याउँदै

काठमाडौं ।

काठमाडौं, २२ मंसिर । कोरियाली इलेक्ट्रोनिक्स कम्पनी एलजीले नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको छ । कम्पनीले स्मार्टफोन पोर्टफोलियोमा नयाँ मोबाइल थप्ने भएको छ ।

कम्पनीले ल्याउन लागेको नयाँ स्मार्टफोन एलजी एल२५ (LG L25) को बारेमा सूचना लिक भएको छ । यो स्मार्टफोन कम्पनीले ल्याउन लागेको पहिलो फायरफक्स प्लेटफर्ममा (Firefox platform) आधारित हुनेछ ।gsmarena_003

कम्पनीको नयाँ स्मार्टफोनको बारेमा स्केचसहितको पूर्ण सूचना बाहिर आएको हो  जसमा यूजर इन्टरफेशको स्क्रिनसटको पनि तस्विरहरु रहेका छन् ।

एटअपलिक्स (@upleaks) का लेखककाअनुसार एलजी एल२५ स्मार्टफोन जापानीज क्यारियर केडिडिआई (KDDI) कालागि मात्रै उपलब्ध हुनेछ भने यो स्मार्टफोन अन्य बजारमा आउने छैन् ।gsmarena_002

एलजी एल२५को हार्डवेयरको बारेमा भने कुनै जानकारी छैन् । तर फायरफक्स प्लेटफर्म अधिकांश बजेट फोनहरुका लागि उपयोग गरिने गरिन्छ । त्यसआधारमा हेर्दा यो स्मार्टफोनका साथै कुनै आश्चार्यलाग्दो नयाँ कुरा भने केहि नहुने अनुमान गरिएको छ ।

easy care

प्रकाशित: २२ मंसिर २०७१, सोमबार