फोन डायरेक्टरी एप ट्रूकलरको प्रयोगकर्ताहरु १० करोड नाघ्यो

Technology Khabar २१ मंसिर २०७१, आईतवार

फोन डायरेक्टरी एप ट्रूकलरको प्रयोगकर्ताहरु १० करोड नाघ्यो

काठमाडौं ।

काठमाडौं, २१ मंसिर । फोन डायरेक्टरी एप ट्रूकलर (Truecaller) को दश करोडभन्दा ज्यादा प्रयोगकर्ताहरु पुगेका छन् । यो लोकप्रिय फोन डायरेक्टरी एपले प्रत्येक महिना फोन नम्बर सर्च गर्नको लागि डेढ अर्बको अनुरोध आउने गरेको जानकारी दिएको छ ।

तीन महिनाभन्दा पनि कम समयमा ट्रूकलरको यूजर्सको संख्या दुई गुणाले बढेको छ । नोभेम्बरसम्म भारतमा मात्रै उसको सांढे चार करोड प्रयोगकर्ताहरु थिए भने यसमा हरेक साता ६ लाख जना थपिने गरेका थिए ।truecaller-650_120514012610

ट्रूकलरले आफ्नो एपमा केहि नयाँ फीचर्स राख्ने घोषणा गरेको छ । नयाँ फीचरअनुसार यसले कुन व्यक्तिसँग कहिले सम्पर्क गर्ने भन्ने बताउनेछ । यो जानकारी भने त्यो व्यक्तिको कल हिस्ट्रीको आधारमा अनुमानित हुनेछ ।

यो नयाँ एप यूजर्सले प्रयोगकर्ताको एड्रेस बुकसहित ट्रूकरको डेढ अर्ब सम्पर्क नम्बरहरुमा पनि सम्पर्क गर्न सक्दछ र यो निकै सजिलो पनि बनाईएको छ ।truecaller-1-645x314

ट्रूकलर यस्तो एप हो जसले फोनबुकलाई सहज बनाउँछ । ट्रूकलर आफैंले भने फोनबुकको विकल्प भएको र त्यसलाई झनै स्मार्ट बनाउने दाबी गरेकोछ । यो एपको माध्यमबाट स्थानिय तथा अन्तराष्ट्रिय दुबै किसिमका फोन नम्बरहरु खोज्न सकिन्छ । त्यसैगरी प्रयोगकर्ताको मोबाइलमा फोन गर्ने व्यक्तिको बारेमा जानकारी नभएपनि फोन गर्ने व्यक्तिको नम्बर र जानकारी दिने बताएको छ ।

ट्रूकलरले प्रयोगकर्ताको फोनबुक सार्वजनिक हुने वा खोज्न सकिने गरि कहिलेपनि अपलोड भने नगर्ने दाबी गरेको छ । ट्रूकलरले अहिले ५.०१ भर्सन संचालनमा ल्याइरहेको छ ।

easy care

प्रकाशित: २१ मंसिर २०७१, आईतवार

ताजा समाचार