पाटा डिजिटल एकेडेमी डि.एम.ओे. सेसन सम्पन्न्

Technology Khabar २१ मंसिर २०७१, आईतवार

पाटा डिजिटल एकेडेमी डि.एम.ओे. सेसन सम्पन्न्

काठमाडौं ।

काठमाडौं २१ मंसिर । प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन वोर्डमा आयोजित दुई दिने “डिजिटल टुरिजम मार्केटिङ” तालिम समापन लगत्तै “पाटा डिजिटल एकेडेमी डि. एम. ओ. सेसन” विषयमा अन्तरक्रिया आयोजना गरेको छ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, पर्यटन बिभाग, पर्यटन ब्यवसायी, संचारकर्मी तथा गन्तब्य प्रवर्द्धन र बिकास सम्बन्धि सरोकारवालाहरुले सहभागिता जनाएका छन।

इ-टुरिजमको ब्यवहारिक र सैद्धान्तिक पक्ष, बजार ब्यवस्थापनको तरिका, डाटा मूल्याकंन, अन्तराष्ट्रिय सम्बन्ध, बजारका सम्भावनाको खोजीलगायत विषयमा अनुभव, सुझाव तथा सल्लाह प्रदान गर्न पाटा नेपाल च्याप्टरको निम्तोमा इ-टुरिजम फ्रोन्टिएरका संस्थापक एवम प्रमुख कार्यकारी अधिकृत डामियन कुक र ट्रिप एडभाइजरका बरिष्ठ बजार ब्यवस्थापक सारा म्याथ्यु नेपाल आएका पाटाका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए ।

easy care

प्रकाशित: २१ मंसिर २०७१, आईतवार