Technology Khabar १९ मंसिर २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १९ मंसिर । कलर्स मोवाइलले नयाँ मोवाइल सेट नेपाली बजारमा भित्र्याएको छ । कलर्सको नयाँ फोन एफ००७ (F007) मोवाइल बलियो, आकर्षक र टिकाउ रहेको कम्पनीले दावी गरेको छ ।
यो मोबाइलमा १.८इन्चको एलसिडि स्क्रिन र एक हजार एमएएचको ब्याट्रि रहेकोछ । बारफोनहरु मध्ये यो मोवाइल पातलो र आकर्षक रहेको दावी पनि कम्पनीको छ ।
यो फोनमा ३२ एमबीको र्याम र ३२ एमबीको रोम पनि रहेको छ । यसका साथै मोवाइलमा ३२ जीबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिनेछ ।
यो मोवाइलले एमपिथ्री र एमपीफोरसमेत सपोर्ट गर्ने कम्पनीले जनाएको छ । यो मोडलको फोनमा डिजिटल क्यामेरा, टर्च लाईट र एफएम रेडियोसमेत राखिएको छ ।
मोवाइलमा इन्टरनेट चलाउनका लागि टूजी क्वाड ब्याण्ड कनेक्सन उपलब्ध रहेकोछ भने नयाँ मोवाइको बजार मूल्य एकहजार पाँचसय ५० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
कलर्सको नयाँ फोनमा सामान्य किसिमको क्यामरा तथा एलइडी फ्ल्याश लाइट पनि रहेकोछ ।
प्रकाशित: १९ मंसिर २०७१, शुक्रबार