Technology Khabar १८ मंसिर २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौं, १८ मंसिर । स्मार्टफोन निर्माता कम्पनी मोटोरोलाको मोटो-इ दोस्रो पुस्ता (Moto E 2nd generation) को स्मार्टफोनको बारेमा सूचना लिक (Leaked) भएको छ । दोस्रो पुस्ताको मोटो इ को बारेमा समाचार सार्वजनिक भएअनुसार यो फोन कम्पनीको पूर्ववर्ती मोटो इ (Moto E) भन्दा केहि सूधारिएको हुनेछ ।
ग्रीक वेवसाइट टेक मानियाक (TechManiacs) का अनुसार दोस्रो पुस्ताको स्मार्टफोन छिटै नै सार्वजनिक हुनेछ जुन लो इन्ड (Low end) को स्मार्टफोन फोन हो ।
मोटो इ दोस्रो जेनेरेशनमा एन्ड्रोयडको ललिपप ५.० भर्सनको अपरेटिङ सिष्टम हुनेछ भने यसमा फोर जी एलटीई (4G LTE) सपोर्ट गर्नेछ । त्यसैगरी यसमा लो इन्डको स्न्यापड्रयागन ४१० एसओसी हुने अपेक्षा गरिएको छ ।
मोटो इ २ जेनेरेशनमा सुधारिएको ४.५ इन्चको डिस्प्ले हुने छ जसको रिजोल्यूशन भने अघिल्लो पुस्ताको मोटो इ जस्तै ९६० X ५४० हुनेछ ।
मोटोरोलाको यो अपग्रेडेट भर्सन भएपनि यसको रियर क्यामरामा एलइडी फ्ल्याशसहितको ५ मेगापिक्सलको क्यामरा हुने बताईएको छ । त्यसैगरी यो फोनमा १ जीबीको र्याम पनि राखिनेछ ।
यो स्मार्टफोनमा १.२ गीगाहर्जको क्वाड-कोर प्रोसेसरका साथै एड्रेब्रो ३०५ जीपीयू (Adrenbo 305 GPU) रहनेछ जसले मोबाइलमा गेमिङलाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ । वेवसाइटका अनुसार यो स्मार्टफोन धेरै पातलो भने हुनेछैन् ।
प्रकाशित: १८ मंसिर २०७१, बिहीबार