हिमस्टारका नयाँ हिटरहरु बजारमा

Technology Khabar १८ मंसिर २०७१, बिहीबार

हिमस्टारका नयाँ हिटरहरु बजारमा

काठमाडौं ।

काठमाडौं, १८ मंसिर । हिमस्टार इलेक्ट्रोनिक तथा होम अप्लायन्स उत्पादनहरुको आधिकारिक उत्पादक, वितरक तथा बजार व्यवस्थापन कम्पनी हिम इलेक्ट्रोनिक्सले बजारमा हिमस्टारका ४ नयाँ हिटरहरु ल्याएको छ । हिमस्टार ह्यालोजन हिटर, हिमस्टार ग्यास हिटर, हिमस्टार ग्यास तथा विद्युतीय हिटर तथा हिमस्टार हटएयर ब्लोअर गरी ४ नयाँ हिटरहरु बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

७ हजार २ सय रुपैयाँदेखि १४ हजार ५ सयसम्म बजार मूल्य रहेको हिटरहरुमा १ वर्षको वारेन्टी र नेपालभरि २५० भन्दा बढी स्थानहरुबाट उपलब्ध हुने कम्पनीले  जनाएको छ।

विगत १२ वर्षदेखि आफ्ना उत्पादनहरु बजारमा प्रस्तुत गर्दै आएको हिमस्टार विश्वसनीय तथा गुणस्तरीय उत्पादकका भएको दाबी गर्दै आएको छ । हिमस्टारले हालबजारमा प्रस्तुत गरेका हिटरहरुका लागि कच्चा पदार्थ तेस्रो मुलुकबाट आयात गर्ने गरेको जनाएको छ।

Sajilo Visa

प्रकाशित: १८ मंसिर २०७१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार