यस्तो छ कार्बनको टाइटानियम एस२५ क्लिक स्मार्टफोन

Technology Khabar १८ मंसिर २०७१, बिहीबार

यस्तो छ कार्बनको टाइटानियम एस२५ क्लिक स्मार्टफोन
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १८ मंसिर । भारतीय स्मार्टफोन निर्माता कम्पनी कार्बनले आफ्नो नयाँ स्मार्टफोन टाइटानियम एस२५ क्लिक (Titanium S25 Klick) को बजार मूल्य तथा स्पेशिफिकेशन भारतमा सार्वजनिक गरेको छ । कम्पनीको उक्त फोन भारतीय बजारमा इकमर्श साइट इन्डियाटाइम्स सपिङमा उपलब्ध रहेको छ । कार्बनको टाइटानियम सीरीजका फोनहरु सामसुंगको ग्यालेक्सी जस्तै रहेका छन् ।

कार्बनको टाइटानियम एस २५ क्लिकमा ५ इन्चको एचडी आइपीएस डिस्प्ले रहेको छ भने दुई सिम प्रयोग गर्न सकिन्छ । यसमा १.३ गीगाहर्ज क्वाड कोर सीपीयू छ भने १ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल मेमोरी रहेको छ जसलाई एसडी कार्डको मद्धतले बढाउन सकिन्छ ।karbonn_titanium_s25_klick_indiatimes

यो स्मार्टफोनमा १३ मेगापिक्सलको रियर क्यामरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ ।

यो फोनमा कार्बनको अन्य स्मार्टफोनहरुमा जस्तै स्ट्यान्डर्ड ब्याट्री राखिएको छ जसको क्षमता २००० एमएएच रहेको छ । यो फोनमा २००० एमएएच क्षमताको ब्याट्री भएको हुँदा यसले ब्याट्री पावरमा समस्या देखिने तथा लामो समयसम्म फोन प्रयोग गर्न कठिनाइ हुने विश्लेषकहरुको भनाईछ ।

सेतो रंगमा मात्र उपलब्ध भएको कार्बन टाइटानियम एस २५ क्लिक स्मार्टफोनमा थ्रीजी, जीपीआरएस, वाइफाइ, एमएम रेडियो, ब्ल्यूटूथ कनेक्टिभीटी पनि रहेको छ ।भारतमा यो फोनको बजार मूल्य ७ हजार ६ सय ५० भारतीय रुपैंया तोकिएको छ ।

नेपालमा यो फोन कहिलेसम्म उपलब्ध हुन्छ केहि जानकारी छैन् । नेपालमा कार्बनका स्मार्टफोनहरु एलाइड ट्रेड लिंक इन्टरनेशनलले बिक्री वितरण गर्दै आएको छ ।

हेरौं कार्बन टाइटानियम एस२५ क्लिकको विशेषताहरु-

अपरेटिङ फ्रिक्वेन्सीः २जी- जीएसएम ८५०/९००/१८००/१९००, थ्रीजी- यूएमटीएस २१०० मेगाहर्ज
स्क्रीनः ५ इन्च आइपीएस क्यापासीटीभ टच स्क्रीन, १२८० X ७२० पिक्सल रिजोल्यूशन
प्रोसेसरः १.३ गीगाहर्ज क्वाड कोर
अपरेटिङ सिष्टमः एन्ड्रोयड किटक्याट ४.४.२ भर्सन
क्यामराः १३ मेगापिक्सल रियर/एलइडी फ्ल्याश, एचडीआर मोड, टच फोकस, स्माइल डिटेक्सन, ५ मेगापिक्सल फ्रन्ट
र्यामः १ जीबी,
मेमोरीः ८ जीबी, १२८ जीबीसम्म बढाउन सकिने
ब्याट्रीः ली-अन २००० एमएएच

Sajilo Visa

प्रकाशित: १८ मंसिर २०७१, बिहीबार

तपाइको प्रतिक्रिया