Technology Khabar १८ मंसिर २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौं, १८ मसिर । प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा दुईदिने “डिजिटल टुरिजम मार्केटिङ” सम्बन्धि तालिम बुधवारदेखी नेपाल पर्यटन वोर्डमा संचालन भएकोछ।
कार्यक्रमको उदघाटन सत्रमा पाटा नेपाल च्याप्टरका अध्यक्ष्य सुमन पाण्डेले स्वागतगर्दै नेपाली पर्यटन ब्यवसायी तथा सरोकारवालाहरुलाई आधुनिक एवम प्राविधिक प्रवर्द्धनात्मक शैली र शीपको ब्यहारिक जानकारी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
उदघाटनको क्रममा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारीले नेपाली पर्यटन क्षेत्रमा डिजिटल टुरिजम मार्केटिङको आवश्यकता र महत्वबारे प्रकाशपार्नुका साथै यस किसिमको कार्यक्रमले निजी क्षेत्रको व्यवसाय प्रवर्द्धन र बिकासमा उल्लेखनीय भूमिका खेल्ने बताए ।
इ-टुरिजमको ब्यवहारिक र सैद्धान्तिक पक्ष, बजार ब्यवस्थापनको तारिका, डाटा मूल्याकंन, अन्तराष्ट्रिय सम्बन्ध, बजारका सम्भावनाको खोजी लगायत विषयमा इ-टुरिजम फ्रोन्टिएरका संस्थापक एवम प्रमुख कार्यकारी अधिकृत डामियन कुक र ट्रिप एडभाइजरका बरिष्ठ बजार ब्यवस्थापक सारा म्याथ्युले पनि तालिम दिने पाटाले जनाएकोछ।
प्रकाशित: १८ मंसिर २०७१, बिहीबार