निकै पातलो सामसुंगको ग्यालेक्सी ए७ स्मार्टफोन आउँदै

Technology Khabar १७ मंसिर २०७१, बुधबार

निकै पातलो सामसुंगको ग्यालेक्सी ए७  स्मार्टफोन आउँदै

काठमाडौं ।

काठमाडौं, १७ मंसिर । कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुंगको ग्यालेक्सी ए ७ (Samsung Galaxy A7) स्मार्टफोनको बारेमा सूचना लिक भएको छ । कम्पनीले चीनियाँ नियामक निकाय टेना (TEENAA) मा आफ्नो स्मार्टफोन ग्यालेक्सी ए ७ को बारेमा जानकारी दिएको छ ।

उक्त जानकारी अनुसार आउन लागेको नयाँ स्मार्टफोन सामसुंगको अहिलेसम्मकै सबैभन्दा पातलो ग्यालेक्सी स्मार्टफोन हुनेछ । टेनामा सामसुंगले दिएको जानकारी अनुसार ग्यालेक्सी ए७ १५०.९ X ७५.९ X ६.३ मिलिमीटरको हुनेछ जसको तौल १३३ ग्राम हुनेछ । जानकारीको आधारमा हेर्दा नयाँ स्मार्टफोनको मोटाई यस अघि बजारमा आइसकेको सामसुंगको ग्यालेक्सी अल्फाको भन्दा आधा मिलिमीटर पातलो हुनेछ ।

टेनाको डिभाइस पेजका अनुसार यो फोनको डिस्प्ले ५.५ इन्चको १०८० पिक्सलको हुनेछ । ग्यालेक्सी ए७ मा १.५ गीगाहर्जको अक्टा कोर सिपियूसहितको ६४ बीटको क्वालकम स्न्यापड्रागन ६१५ सोकको प्रोसेसर रहेको छ । यसैगरी यसमा २ जीबीको र्याम, १६ जीबीको आन्तरिक मेमोरी राखिएको छ ।

यो स्मार्टफोनमा १२ मेगापिक्सलको रियर क्यामरा छ भने ५ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

तर आश्चार्यलाग्दो विषय यो छ की ग्यालेक्सी ए७ भर्सन हालको लागि चीनियाँ बजारको लागि मात्र बनाईएको छ र अन्तराष्ट्रिय मोडलको स्मार्टफोन आउने अपेक्ष गरिएको छ ।
सामसुंग ग्यालेक्सी ए७ निकट भविश्यमा नै औपचारिक घोषणा हुनेछ ।

यो स्मार्टफोन सामसुंगको ग्यालेक्सी ए३ र ग्यालेक्सी ए५ जस्तै सामसुंगको मिडरेन्जको परिवारमा सामेल हुनेछ । एजेन्सीहरु

easy care

प्रकाशित: १७ मंसिर २०७१, बुधबार