Technology Khabar १७ मंसिर २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, १७ मंसिर । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा सरल शेयर धितो कर्जा’ नामक नयाँ ऋण योजना सार्वजनिक गरेको छ ।
मेगा बैंकले मंसिर १५ गतेदेखि लागू हुने गरी यो योजना सर्वाजनिक गरेको हो । ‘क’ वर्गका बैंकहरुको शेयर धितोमा राखी विभिन्न कामका लागि व्यक्तिगत रुपमा ऋण लिन चाहने ग्राहकको चाहना बमोजिम यो योजना ल्याइएको बैंकले जनाएको छ ।
यो कर्जाका लागि ८ दशमलव ५ प्रतिशत ब्याजदरमात्रै तोकिएको छ । जुन अहिले प्रचलित व्याजदरमा अति नै न्यून हो । यो सुविधा अहिलेका लागि मेगा बैंकका उपत्यकाका शाखाहरुबाट मात्र लिन सकिने बैंकले जनाएको छ ।
प्रकाशित: १७ मंसिर २०७१, बुधबार