सांगयोंग मोटर्सको उत्सव योजना

Technology Khabar १७ मंसिर २०७१, बुधबार

सांगयोंग मोटर्सको उत्सव योजना

काठमाडौं ।

काठमाडौं, १७ मंसिर । सांगयोंग मोटर्सले आफ्नो ६० औं बार्षिक उत्सवको उपलक्ष्यमा नेपाली ग्राहकका लागि विशेष योजना ल्याएको छ । सांगयोंग मोटर्सको नेपालका लागि कन्ट्यान्ट विजनेश ग्रुपले नेपाली ग्राहकहरुको लागि आकर्षक नगद छुट तथा उपहारहरु दिने योजना ल्याएको जनाएको छ ।

विश्वमा अति कम समयमा लोकप्रीय भएको एक्टोन स्पोर्टस डबल क्याप पिकलाई लक्षित गरि यो योजनामा नेपालको लागि कम्पनीबाट नै उत्पादित क्यानोपी तथा अन्य एशेसरिज दिने योजना राखेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

एक्टोन स्पोर्टस २.० लिटर डिजेल इन्जिन भएको डबल क्याब सेगमेन्टमा अन्य उत्पादनसंग धेरै नै किफायती (१३ किमी प्रति लिटर) को दावीका साथ आफ्ना ग्राहकहरुलाई ड्राइभ गर्दा एउटा लक्जरी कारको ड्राइभ आभास गराउने छ, यो अवधीमा कम्पनीले आफ्ना ग्राहककालागि फ्री टेष्ट ड्राइभको ब्यवस्था गरेको छ ।

सांगयोंग मोटर्स सन् १९५४ देखि विश्वका करिब ९० देशहरुमा बिक्री हुँदै आएको छ ।

easy care

प्रकाशित: १७ मंसिर २०७१, बुधबार