वन प्लस वन स्मार्टफोन सार्वजनिक

Technology Khabar १६ मंसिर २०७१, मंगलवार

वन प्लस वन स्मार्टफोन सार्वजनिक

काठमाडौं ।

काठमाडौं, १६ मंसिर । बहुप्रतिक्षित स्मार्टफोन वन प्लस वन (One Plus One) आज सार्वजनिक भएको छ । कम्पनीले सबैभन्दा पहिले भारतमा वनप्लस स्मार्टफोन सार्वजनिक गरेको हो । यो फोनमा साइनोजेन मोड ११ एस (CyanogenMod 11S) रोमका साथ यो स्मार्टफोन सार्वजनिक भएको हो । यो फोन भारतमा अम्याजन डटइनमा मात्र उपलब्ध रहेको छ ।

६४ जीबी इन्टरनल मेमोरी रहेको यो फोन निकै शानदार रहेको बताईएको छ । यो स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४ भर्सनमा आधारित रहेको छ । फोनमा ५.५ इन्चको डिस्प्ले राखिएको छ जसमा १०८०X१९२० पिक्सल रिजोल्यूशनसहित गोरिल्ला ग्लास रहेको छ । oneplus-one-test

यो फोन २.५ गीर्गाहर्जको क्वालकम स्न्यापड्रागन प्रोसेसरद्धारा संचालित छ । फोनमा १२ मेगापिक्सलको रियर क्यामरा छ जसको शटर स्पीड ०.३ सेकेण्ड छ भने ५ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । यसमा ३ जीबीको र्याम रहेको छ ।oneplus-one-650_120214015534

यो फोनले फोरजी सपोर्ट गर्दछ भने यसको भारतमा बजार मूल्य २१ हजार ९ सय ९९ रुपैंया तोकिएको छ ।

कम्पनीले यो स्मार्टफोन सार्वजनिक गर्नुभन्दा केहि दिन पहिलो माइक्रोम्याक्सले साइनोजेन मोडलाई भारतमा सार्वजनिक गर्ने एक्सक्लूसीभ राइट माइक्रोम्याक्ससँग मात्र रहेको सार्वजनिक गरेको थियो । तर कम्पनीले त्यसको विकल्प खोज्दै पूर्व निर्धारित मितिमा नै नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले छिटै स्मार्टफोनका लागि आफ्नै बेटा भर्सन लन्च गर्ने जानकारी समेत दिएको छ ।oneplus

हेरौ वन प्लस वनका विशेषताहरु-

* स्क्रीन- 5.5 इंच (920×1080 पिक्सल) कोर्निंग गोरिल्ला ग्लास 3 प्रोटेक्शन
* प्रोसेसर- 2.5 जीएचेजेड क्वाड कोर स्न्यापड्र्यागन 801 प्रोसेसर
* ओएस- एंड्रोयड 4.4 क्यानोजेनमोड 11एसमा आधारित
* मोटाई- 8.9 मिमी, तौल 162 ग्राम
* रियर क्यामरा- 13 एमपी, डुअल एलईडी फ्ल्याश, सोनी एक्समोर बीएसआई सेंसरका साथ
* फ्रंट क्यामरा- 5 एमपी
* र्याम- 3जीबी, 64 जीबी इंटरनल स्टोरेज
* अन्य फीचर्स- 4जी एलटीई, वाइ-फाइ डायरेक्ट, ब्लूटूथ 4.1, जीपीएस, एनएफसी
* ब्याट्री- 3100 एमएएच

easy care

प्रकाशित: १६ मंसिर २०७१, मंगलवार