Technology Khabar १६ मंसिर २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, १६ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमी (Xiaomi) ले भारतमा आज रेडमी नोट (Redmi Note) ६ सेकेन्डमा ५० हजार वटा स्मार्टफोन बिक्री गरेको छ । जिओमीले एमआई थ्री तथा रेडमी वन एसपछि भारतीय बजारमा ल्याएको नयाँ स्मार्टफोन रेडमी नोटले निकै छिटो बिक्री हुने रेकर्डलाई कायमै राखेको छ ।
भारतीय बजारमा मंगलवार २ बजे अनलाईन इकमर्श साइट फ्लीपकार्ट डटकममा बेच्न राखिएको थियो । ५० हजार स्मार्टफोनको पहिलो स्टक केबल ६ सेकेन्डमा नै बिक्री भएको थियो । यो जानकारी कम्पनीले ट्वीटरमार्फत दिएको छ ।
कम्पनीले फ्लीपकार्टमा पहिलेदेखि नै रजिस्ट्रेशन गरेको ग्राहकहरुलाई यो फोन बिक्री गरेको हो । जसको लागि सोमबारसम्म रजिस्ट्रेशन गर्नु अनिवार्य रहेको थियो ।
यो स्मार्टफोनको दुईवटा भर्सनहरु थ्री जी र फोरजी रहेको छ, जसको बजार मूल्य क्रमशः ८ हजार ९ सय ९९ र ९ हजार ९ सय ९९ भारतीय रुपैंया राखिएको छ । अहिले जिओमीले थ्रीजी सपोर्ट गर्ने रेडमी नोट मात्र बिक्री गरेको हो । यो फोनमा १.७ गीगाहर्जको अक्टा कोर मिडियाटेक प्रोसेसर रहेको छ भने २ जीबीको र्याम छ ।
रेडमी नोटको विशेषताहरु यस्ता छन् –
-Redmi Note मा 5.5 इंचको 720×1280 पिक्सलयुक्त्त एलसीडी डिस्प्ले राखिएकोछ
-यसमा 1.7GHz ल को अक्टा कोर मीडियाटेक MTK6592 SoC प्रोसेसर छ
-Redmi Note मा 2GB को र्याम रहेकोछ
-यो स्मार्टफोन एंड्रोयड 4.3 जेलीबीन अपरेटिंग सिस्टममा आधारित छ
-यसमा 13 मेगापिक्सलको अटोफोकस रीयर क्यामराका साथै 5 मेगापिक्सल फ्रंट फेसिंग क्यामरा रहेकोछ
-Redmi Note मा 8GB को इंटरनल मेमोरी छ जसलाइ माइक्रो एसडी कार्डद्धारा 32GB सम्म बढाउन सकिन्छ
-Redmi Note ले 3G तथा वाइफाइ कनेक्टिविटी सपोर्ट गर्दछ
प्रकाशित: १६ मंसिर २०७१, मंगलवार