Technology Khabar १६ मंसिर २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, १६ मंसिर । नेपाल वीमक संघमा नयाँ नेतृत्व चयन भएको छ । सोमबार सम्पन्न संघको साधारणसभाले विजयबहादुर शाहको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष शाह एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी हुन् ।
त्यस्तै, उपाध्यक्षमा लाइफ इन्स्योरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत पीआर मिश्र र लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शेखर बराल निर्वाचित भएका छन् । महासचिवमा एलाइन्स इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र कोषाध्यक्षमा पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीके महर्जन निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा, नेसनल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. प्रणव सेन, प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिृकत सुद्युम्न उपाध्याय र नेपाल इन्स्योरेन्स कम्पनीको निमित्त महाप्रबन्धक चन्द्रसिंह साउद निर्वाचित भएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध भएका हुन् । संघको विधानअनुसार पूर्व अध्यक्ष दीपप्रकाश पाण्डे (शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत) पदेन सदस्य हुनेछन् ।
नवनिर्वाचित अध्यक्ष शाहका अनुसार संघको १०औं, ११औं, १२औं र १३ साधारणसभा एकैपटक भएको हो । संघको सचिवालय काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लुुवर्ड कम्प्लेक्समा राखिएको उनले जानकारी दिए ।
प्रकाशित: १६ मंसिर २०७१, मंगलवार