Technology Khabar १६ मंसिर २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, १६ मंसिर । कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुंगले डिसेम्बरको अन्त्यसम्ममा भारतमा टाइजेन (Tizen) अपरेटिङ सिष्टमसहितको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।
कम्पनीको वेवसाइटमा टाइजेन अपरेटिङ सिष्टमयुक्त स्मार्टफोन सामसुंग जेड (Samsung Z) लिस्ट गरिएको छ । वेवसाइटका अनुसार सामसुंग टाइजेन अपरेटिङ सिष्टमसहितको स्मार्टफोनद्धारा भारतको बजेट स्मार्टफोन बजारमा आफ्नो हिस्सा ससक्त बनाउने कोशिश गर्नेछ ।
विभिन्न संचारमाध्यमहरुका अनुसार सामसुंगले डिसेम्बर १० तारिखमा एक पत्रकार सम्मेलनमार्फत आफ्नो टाइजेन अपरेटिङ सिष्टमयुक्त स्मार्टफोन लन्च गर्नेछ । कम्पनीले यसलाई सामसुंग जेडवन (Samsung Z1)नाम दिएकोछ । सामसुंगले पहिलाे पटक टाइजेन अपरेटिङ सिष्टमसहितको स्मार्टफोन ल्याउन लागेको हो । नयाँ स्मार्टफोनको बजार मूल्य एक सय डलरभन्दा कम हुने अनुमान गरिएको छ ।
संचारमाध्यमका अनुसार सामसुंगले नयाँ अपरेटिङ सिष्टम टाइजेनलाई भारतमा परिक्षणको लागि लन्च गर्न लागेको हो । गूगलको नयाँ अपरेटिङ सिष्टम एन्ड्रोयड वनलाई प्रतिस्पर्धा दिन सामसुंगले आफ्नो नयाँ अपरेटिङ सिष्टम लन्च गर्न लागेको बताईएको छ ।
सामसुंगले टाइजेन अपरेटिङ सिष्टममा आधारित स्मार्टफोन सबैभन्दा पहिले रुसमा सार्वजनिक गर्ने योजना राखेको थियो तर यो ढिला हुँदा रुसमा यो फोन सार्वजनिक हुन सकेन् । सामसुंगको अधिकांश मोबाइल उपकरणहरु गूगलको एन्ड्रोयडमा आधारित रहेका छन् । कम्पनीले अब एन्ड्रोयडमा आफ्नो निर्भरता कमगर्न चाहिरहेको हुँदा आफ्नै अपरेटिङ सिष्टम विकास गर्न लागेको हो ।
टाइजेन अपरेटिङ सिष्टमसहितको सामसुंग जेडको विशेषताहरु
प्रकाशित: १६ मंसिर २०७१, मंगलवार