सामसङका दुई नयाँ गियर नेपाली बजारमा

Technology Khabar १६ मंसिर २०७१, मंगलवार

सामसङका दुई नयाँ गियर नेपाली बजारमा
Global IME Bank

काठमाडौं ।

काठमाडौं । सामसङ मोबाइलको नेपालका लागि आधिकारिक वितरक आइएमएसले सामसङका दुई नयाँ गियर नेपाली बजारमा ल्याएको छ ।

नयाँ डिजाइन रहेको गियर सर्कल घाँटीमा लगाउन सकिने कम्पनीले जनाएको छ । यसमा रहेको म्याग्नेटिक सेन्सरको मद्दतले फोन रिसिभ गर्न र गीत प्ले तथा पज गर्न सकिने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएकोछ ।samsung-gear-circle-final-

साथै, यसमा ब्लुटुथ ३.०, हाब्रिड कनाल इयरफोन र सिङल एमइएमएस माइक रहेको छ । १८०० एमएएच ब्याट्री रहेको गियर सर्कलको मूल्य ११ हजार ५ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । गियरको टच सेन्सरको मद्दतले ध्वनि कन्ट्रोल गर्न सकिन्छ ।

गियर एसमा २ इन्चको कर्भड सुपर एमोलेड स्क्रिन रहेको छ, जसले यसलाई हातमा बाँध्न सजिलो बनाउँछ भने यसको परिवर्तन गर्न मिल्ने स्ट्रेपले यसलाई आकर्षक रुप दिने बताइएकोछ ।

१ गिगाहर्ज डुअल कोर प्रोसेसर रहेको गियर एसमा ५१२ एमबी र्‍याम ४ जिबी मेमोरी रहेको छ । दुई सिम र थ्रीजी नेटवर्क सपोर्ट गर्ने गियर एसमा ब्लुटुथ ४.१ र वाइफाइ पनि रहेको छ । यसको बजार मूल्य ४१हजार ९ सय रुपैयाँ रहेको छ ।

Sajilo Visa

प्रकाशित: १६ मंसिर २०७१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार