क्यानले विरोध स्वरुप सरकारी निकायलाई डब्बल ब्याण्डविथ र एन्टिभाइरस् दिने

Technology Khabar १४ मंसिर २०७१, आईतवार

क्यानले विरोध स्वरुप सरकारी निकायलाई डब्बल ब्याण्डविथ र एन्टिभाइरस् दिने

काठमाडौं ।

काठमाडौं, १४ मंसिर । कम्प्यूटर एशोसिएशन अफ नेपाल (क्यान) लाई लामो समय भइसक्दा समेत गृह मन्त्रालयले महासंघ दर्ता प्रकृयामा सकारात्मक नभएको भन्दै नौलो किसिमको आन्दोलनको घोषणा गरेकोछ । क्यानले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजनागरि सरकार सूचना संचार प्रविधिको विकासमा उदाशिन भएको भन्दै ध्यानाकर्षणको कार्यक्रम सार्वजनिक गरेको हो ।

राष्ट्रिय निर्देशन ऐन २०१८ क्रियाशील भए पनि यही अन्तर्गत रहेर महासंघ बन्न निवेदन दिएको एक बर्ष भइसक्दा पनि स्वीकृत नभएकोले दबाब सिर्जना गर्न ध्यानाकर्षणको कार्यक्रम गर्नुपरेको क्यानका अध्यक्ष बिनोद ढकालले बताए । ‘मन्त्रालयका कर्मचारीले दर्ता हुन्छ वा हुँदैन् केहि भन्दैनन् ।’ उनले भने,’पन्चायतकालिन एेन खारेज गर्नुपर्छ मात्रै भन्ने गर्दछन् ।

राष्ट्रिय निर्देशन ऐन २०१८ बमोजिम क्यान महासंघ दर्ताको लागि २०७० कात्तिक २६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमाआवश्यक कागजात सहितको निवेदन दर्तागराई हाल गृह मन्त्रालयमा उक्त फाईल रहेको क्यानले जानकारी दिएकोछ ।

क्यानकी सचिव सूनैना घिमिरेले सूचना सञ्चार प्रविधिको व्यापक सञ्जालको विकास भैसकेको वर्तमान अवस्थामा आफैमा महासंघिय संरचनामा कार्य गरिरहेको संस्थाहरुको संस्थालाई महासंघिय संरचनामा लैजान चाहेको बताइन् । उनले नेपाल सरकारका लागि सूचना प्रविधि प्रचुर संम्भावनाको क्षेत्र हुंदाहुदै पनि यस क्षेत्र प्राथमिकतामा नपरेको भन्दै क्यानलाई महासंघिय संरचनामा लैजानका निमित्त दर्ताको प्रक्रिया अगाडि बढाएको झण्डै १ बर्ष नाघिसक्दा पनि सरकारबाट सकारात्मक जवाफ पाउन सकेको स्पष्ट पारिन।

क्यानले यसै कुरालाई ध्यानमा राखी हामीले पहिलो चरणमा ईन्टरनेट सेवा प्रदायक संघसंग आबद्धभई ईन्टरनेट प्रयोग गर्ने शैक्षिक संस्थाहरुमा मंसिर १५ गते तथा सरकारी निकायका कार्यालयहरुमा मंसीर २० गते, आफूले लिएको साविकको ब्याडविथभन्दा दोब्बर ब्याडविथ उपलब्ध गराउने भएकोछ। त्यसैगरी क्यानसंग आबद्ध संस्थाहरुको महासंघ दर्ताका लागि लिखित अनुरोध पत्रसहित क्यान कार्य समितिले गृह मन्त्रालयमा रहेको दर्ता फाइलमा दर्ता गराउने प्रयास गर्ने भएकोछ। क्यानले मंसिर महिनामा ध्यानाकर्षण कार्यक्रमस्वरुप नेपाल सरकारमा कार्यरत सम्बन्धित निकायका कर्मचारी तथा व्यक्तिहरुलाई निःशुल्क १ बर्षसम्म एन्टीभाइरस उपलब्ध गराउने र सम्बन्धित व्यक्तिहरुको कार्यकक्षमै गएर प्रदान गर्ने जनाएकोछ ।

क्यानमा ५७ जिल्ला तथा अञ्चल, १० वटा गैर सरकारी संस्था, ५०००को हाराहारीमा व्यवसायी तथा पेशाकर्मी अाबद्ध रहेका छन् । नेपाल सरकारको आधिकारिक प्रतिनिधिको रुपमा नीतिगत कार्यक्षेत्र सूचना प्रविधि परिषद लगायत दर्जनौं सरकारी क्षेत्रमा क्रियाशिल रहेको छ ।

Global Bank
easy care

प्रकाशित: १४ मंसिर २०७१, आईतवार

ताजा समाचार