सेल्फी मनपराउनेहरुका लागि जोलोको बजेट स्मार्टफोन ‘ओपस ३’

Technology Khabar १४ मंसिर २०७१, आईतवार

सेल्फी मनपराउनेहरुका लागि जोलोको बजेट स्मार्टफोन ‘ओपस ३’

काठमाडौं ।

काठमाडौं, १४ मंसिर । सेल्फी फोकस स्मार्टफोन मन पराउने तर महंगो पैसा तिर्न नसक्ने उपभोक्ताहरुलाई ध्यानमा राखेर जोलोले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । भारतीय स्मार्टफोन निर्माता कम्पनी जोलो (Xolo) ले बजेट रेन्जमा आउने सेल्फी फोकस स्मार्टफोन ओपस सीरीजमा ओपस ३ (Opus 3) सार्वजनिक गरेको हो । जोलोले यो फोन विशेषगरी सेल्फी खिच्न मनपराउनेहरुलाई ध्यानमा राखेर डिजाइन गरेको जनाएको छ ।Xolo-Opus-3

यो स्मार्टफोनमा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ, जसमा ८८ डिग्रीको वाइड एंगल लेन्स लगाईएको कम्पनीले जानकारी दिएको छ ।

यो फोनमा ८ मेगापिक्सलको रियर क्यामरा राखिएको छ भने ५ इन्चको डिस्प्ले पनि रहेको छ ।

बजेट स्मार्टफोनको रुपमा जोलोले ओपस ३ को बजार मूल्य ८ हजार ४ सय ९९ भारतिय रुपैंया तोकेको छ ।xolo_opus_3_press

भारतीय बजारमा उपलब्ध भइसकेको यो फोन नेपालमा कहिले आउँछ भन्ने जानकारी छैन । नेपालमा यो फोन सिजी इम्पेक्सले आयात तथा बिक्री बितरण गर्दै आएको छ ।

यस्तो छ जोलोको ओपस ३ स्मार्टफोनको विशेषताहरुः-

  • जोलो ओपस 3 मा5 इंचको 720X1080 पिक्सेल एचडी आईपीएस डिस्प्ले रहेकोछ
  • 1.3Ghz को क्वाड कोर प्रोसेसर 1GB को र्याम राखिएकोछ
  • ओपस 3 मा 8 GB को इंटरनल स्टोरेज छ, जसलाई एसडी कार्डको मददले 32 GB सम्म बढाउन सकिन्छ
  • ओपस 3 मा 2500 एमएएचको ब्याट्री छ भने यो एण्ड्रोयड 4.4 किटक्याट भर्सनमा आधारित छ
Sajilo Visa

प्रकाशित: १४ मंसिर २०७१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार