Technology Khabar १४ मंसिर २०७१, आईतवार
काठमाडौं ।
काठमाडौं, १४ मंसिर । आसुसले आफ्नो एन्ड्रोयड वेयरेबल लन्च गरेको छ । आजकाल हरेक ग्याजेट कम्पनीहरुले एन्ड्रोयड वेयरेबल लन्च गर्ने मौसम नै चलेको जस्तो देखिएको छ । सामसुंग, मोटोरोला, एप्पल, स्पाइसपछि टेक कम्पनी आसुसले पनि एन्ड्रोयड वेयरेबल लन्च गरेको हो ।
कम्पनीको स्मार्टवाच जेनवाच गत सेप्टेम्बरमा आईएफए २०१४ मा स्मार्टफोन जेनफोनको साथमा नै जेनवाच विश्वव्यापीरुपमा सार्वजनिक गरेको थियो । कम्पनीले यसलाई २०१५ को शुरुवातमा भारतीय बजारमा ल्याउने अनुमान गरिएको छ । लेदर स्ट्रिपसहितको यो जेनवाच निकै क्लासीक र स्टाइलिश छ ।
जेनवाच आसुसको पहिलो वेयरेबल ग्याजेट हो, जसलाई एन्ड्रोयड ४.३ या यो भन्दा माथिल्लो अपरेटिङ सिष्टममा आधारित भएको स्मार्टफोनसँग जोडन सकिन्छ । आसुसका दक्षिण एशियाको क्षेत्रिय प्रमुख तथा भारतका लागि कन्ट्री म्यानेजर पीटर चांगले यसलाई भारतमा ल्याउने योजना तथा यसको बजार मूल्यमा काम गरिरहेको बताए । उनले सन् २०१५ को शुरुवातमा भारतमा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।
यसमा २.५ डायमीटर कर्व ग्लाससहितको जेनवाचको डिस्प्ले १.६३ इन्चको छ जसको पिक्सल रिजोल्यूशन ३२०X३२० रहेको छ ।
जेनवाचले भारतीय बजारमा मोटो ३६०, एलजीको जीवाच तथा सामसुंगको गियर लाइभलाई कडा प्रतिस्पर्धा दिने अनुमान गरिएको छ । यसको बजार मूल्य २० हजार भारतीय रुपैंया भन्दा कम हुने अनुमान छ ।
प्रकाशित: १४ मंसिर २०७१, आईतवार