यस्तो छ माइक्रोम्याक्सको ‘क्यानभास ट्याब पी६६६’

Technology Khabar १२ मंसिर २०७१, शुक्रबार

यस्तो छ माइक्रोम्याक्सको ‘क्यानभास ट्याब पी६६६’

काठमाडौं ।

काठमाडौं, १२ मंसिर । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले नयाँ ट्याबलेट ल्याएको छ । माइक्रोम्याक्सले क्यानभास ट्याब पी ६६६ (Canvas Tab P666) भारतीय बजारमा सार्वजनिक गरेको हो । यो ट्याबलेटमा १.२ गीगाहर्जको इन्टेल एटम ड्यूअल कोर प्रोसेसर राखिएको छ ।

यो ट्याबलेटले थ्रीजी सपोर्ट गर्दछ । माइक्रोम्याक्सको क्यानभास ट्याब पी ६६६ एन्ड्रोयड किटक्याट ४.४.२ अपरेटिङ सिष्टममा आधारित छ । यो ट्याबमा ८ इन्चको टच स्क्रीन रहेको छ जसको रिजोल्यूशन १२००X८०० पिक्सल छ ।micromax-canvas-tab-p666-650_112714014601

यो ट्याबमा लाइट, एक्सीलोमिटर तथा प्रोक्सिमिटीसहित तीनवटा सेन्सर राखिएको छ । यसको रियर क्यामरा ५ मेगापिक्सलको छ जसले १०८० पिक्सलको भीडियो रेकर्ड गर्नसक्दछ भने यसमा २ मेगापिक्सलको फ्रन्ट क्यामरा छ ।

यो ट्याबमा टूजी, वाइफाइ, ब्लूटूथ तथा जीपीएस रहेको छ । यसको ब्याट्री ४४०० एमएएच क्षमताको छ जसले १५ घण्टाको टक टाइम दिने कम्पनीको दाबीछ । यो ट्याबको बजार मूल्य १० हजार ९ सय ९९ भारतीय रुपैंया छ ।

नेपालमा यो ट्याब कहिले आउँछ भन्ने जानकारी छैन् । माइक्रोम्याक्सको स्मार्टफोन तथा ट्याबलेटहरु नेपालमा पशुपति ट्रेड लिंकले आयात तथा बिक्री गर्दै आएको छ ।

easy care

प्रकाशित: १२ मंसिर २०७१, शुक्रबार